arrow

'डम्पिङ्ग साईड' वन्दै भैरहवा वजार

फोहोर व्यवस्थापनमा स्थानीय निकाय असफल,

logo
नारायण वली,
प्रकाशित २०७६ चैत ४ मंगलबार
bhairawaha.jpg

बुटवल । प्रदेश नं. ५ को अस्थायी मुकाम रुपन्देहीको सदरमुकाम भैरहवा वजार हिजोआज कतै फोहोर फाल्न नगरपालिकाले तोकेको डम्पिङ्ग साईड त होईन् भन्ने दृश्यदेखिन थालेको छ । यात्रुहरुको भैरहवा प्रवेश गरेसंगै वस विसौनी र गन्तव्यहरुको तय गर्ने थलो वुद्धचोकमा नै फोहोरको चाङ्ग लागेको प्रष्ट देख्न सकिन्छ ।

नेपाल सरकार भ्रमण वर्ष घोषण गरेको छ भने यता प्रदेश नं. ५ सरकारले लम्विनी भ्रमण वर्षको घोषण गरेपछि अहिले गौतम वुद्धको जन्न पवित्र स्थल लुम्विनी र तिलौराकोट घुम्न जानेहरुको सोही वाटो भएर जाने गर्दछन् ।  सिद्धार्थनगर नगरपालिका भैरहवाले बिगतका बर्षहरुदेखि नगरको फोहोर सिद्धार्थनगर नगरपालिका वडा नं. १ र २ को नेपाल भारत सिमा नाकाको दशगजा नजिकै डण्डा खोलाको छेउमा फाल्दै आएको थियो ।

जसका कारण मानव वस्ति विच भाग र खोलामा फालिदै आएको फोहोरको दुगन्धले त्यहाँका स्थानीयवासीलाई निकै समस्या भएपछि केही दिनदेखि त्यसक्षेत्रमा फोहोर फाल्न रोक लगाएपछि उक्त नगरको फोहोर अहिले भैरहवा वजारका चोक चोक र गल्लीहरुमा थुपारिएर राखिएको छ ।

उत्पन्न फोहोरको दुर्गन्धका कारण सिद्धार्थनगर नरपालिका वडा नं. १, २ र ३ का स्थानीयवासीहरु संगै दैनिक वजार खेल्न आउने सर्वसाधारणहरु सवै भन्दा वढी मारमा परेको पाईएको छ । स्थानीयहरु वासीहरुले विगत केही वर्षयतादेखि फाल्दै आएको ठाउँमा फोहोर फाल्न रोक लगाएपछि अहिले भैरहवा बजार दिनप्रति दिन दुर्गन्धित वन्दै गएको  करिव ३-४ दिनदेखि फोहर उठ्न नसकेको स्थानीयवासीहरुले वताएका छन् ।

यस्तै सिद्धार्थनगर नगरपालिका भैरहवाले नगरको उत्पादित फोहोरको दिर्घकालिन व्यवस्थापन निश्चित स्थान एंव योजना नवनाउँदा सिद्धार्थनगरबासीहरु अहिले दुर्गन्धको मारमा पर्दै आईरहेका छन् । सिद्धार्थनगर नगरपालिकाबाट दैनिक ३५-४० टन फोकर संकलन हुने गरेको सो नगरपालिकाले जनाएको छ । दैनिक संकलन हुने उक्त फोहोरको दिर्घकालिन व्यवस्थापन नहुँदा सिद्धार्थनगरबासीहरु फोहोर वाट अन्य कुनै महामारी रोग नै आउने होकी भन्ने त्रासमा रहेका छन् ।

यसैविच नगरपालिका भित्र केही दिन यता फोहोर नउठेपछि फोहर बोक्ने ट्याक्टर सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा परिसरमा थन्किएको छ । अस्थायी रुपमा त्यहाँ फोहोर फ्याक्दै आएपनि त्यसलाई नष्ट तथा व्यस्थापन गर्ने नगरपालिकाले अहिले सम्म कुनै चासो देखाएको छैन् ।

नगरमा प्रत्येक दिन संकलन हुने फोहोरको व्यवस्थापनका लागि स्थानीयवासीहरुले कयौं पटक सिद्धार्थनगर नगरपालिकालाई आग्रह गर्दै आएका आएपनि तर, नगरपालिकाले कुनै सुनुवाई गर्दा बाध्यताले फोहोर फाल्ने कार्यलाई राक्नु परेको स्थानीयहरुको भनाई रहेको छ ।

यसो भन्छ नगरपालिका
नगरपालिकाले नगर भित्र दैनिक संकलन हुने फोहोरको वैकल्पिक व्यवस्थापनका लागि रुपन्देहीको ओमसतिया गाउँपालिकामा फोहोरमैला प्रसोधन केन्द्र स्थापना गर्न खोजेपनि तर त्यहाँ विभिन्न विवादका कारण प्रसोधन केन्द्र स्थापना हुनबाट रोकिएको नगरपालिकाले जनाएको छ ।

स्थानीयहरुको अवरोधका कारण गत बुधवारदेखि फोहोर संकलन गरेपनि तर फाल्न नसकिएको नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले वताए। साथै उनले फोहोरको समस्या सबै नगरवासीहरुको साझा समस्या भएकाले सबैको सल्लाहबाट समाधान खोजिने जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ