arrow

विमानस्थल नजिक खुकुरी प्रहार गरि हत्या गर्ने तीन पक्राउ

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
khukuri1.jpg

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका-५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा  तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी अनुप बस्नेत, सोही ठाउँका २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका छन् ।

  गए राति प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरागाउँमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई  पक्राउ गरिएको प्रनाउ योगीले बताए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोमबार कोहलपुरस्थित  शिक्षण अस्पतालमा लगिएको थियो ।

उनको अवस्था गम्भीर भएपछि सो अस्पताले पनि  थप उपचारका लागि काठमाडौँ सिफारिश गरेपछि काठमाडौँ लैजाने क्रममा उनको बाटोमै मृत्य भएको थियो । डाँगीमाथि आइतबार राति टरिगाउँ विमानस्थल नजिक खुकुरी प्रहार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ