ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्बन्धी सचेतनामूलक भिडियो (भिडियो सहित)
प्रकाशित २०७६ चैत २ आइतबार
858
Shares
भर्जिनिया। संसारभरी कोरोना भाइरस फैलिएका कारण मान्छेहरुमा एक किसिमको त्रास र अन्योलता छाएको छ। महामारीको अवस्था सृजना हुन् गएको यस समयमा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) ले एक सचेतनामूलक भिडियो आज सार्वजनिक गरेको छ।
सबै नेपाली भाषीहरुलाई बुझ्न सहज होस् भन्ने उदेश्यले नेपाली भाषामा छोटो सचेतना तथा ज्ञानमूलक जानकारी सहितको भिडियो सार्वजनिक गरिएको व्यहोरा ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहालले जानकारी गराए। उनले अगाडि भने– सावधानी नै आजको आवश्यकता हो। संक्रमण बाट आफु सुरक्षित हौं , अरुलाई पनि सुरक्षित बनाऊ।