भाईरल ज्वरो र रुघाखोकीले जुम्लाको सिंजामा सयभन्दा बढी बिरामी, गाउँपालिकाले देखाएन चासो
प्रकाशित २०७६ फागुन २८ बुधबार
599
Shares
जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नं २ रनुखाना गाउँमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्याले गएको एक हप्ता यता सय जना भन्दा बढि बिरामी भएका छन्।
गाउँपालिकाले गाउँ भित्रै स्वास्थ्य चौकीको स्थापना गरेपनि स्वास्थ्य चौकीमा औषधिको अभाब र स्वास्थ्यकर्मीको अनुपस्थितिले बिरामीले उपचार पाउन सकिरहेका छैनन।
उपचारकालागी केही बिरामीलाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र नेपालगन्ज पुर्याईएपनि बिरामीको संख्या बढेपछि अन्यत्र लान नसकिएको र स्वास्थ्यकर्मी पनि गाउँमा आइ नपुगेको रनुखाना गाउँका स्थानिय गोबिन्द शर्माले बताए।
ज्वरो र रुघाखोकीले सबैभन्दा बढी बालबालिका र बृद्द ग्रसित छन। कोरोना भाईरसको जोखिम बढिरहेकैले स्थानिय त्रसित बनिरहेका बेला स्थानिय सिजा गाउपालिकाले भने यस बिषयमा अपेक्षित सक्रियता देखाएको छैन।