तोरीबारीमा पुरुष र घाँस काट्न गएकी महिला मृत भेटिए
प्रकाशित २०७६ फागुन २६ सोमबार
656
Shares
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् ।
आइतबार साँझ फेला परेका मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
त्यस्तै डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए।