काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडले बाजी मारेको छ । घरेलु मैदानमा खेलेको युनाइटेडले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले एक एक गोल गरे ।
सिटीका गोलकिपर एडर्सनले राम्रो खेल्न नसक्दा हारका सामना गरेको हो । सिटीका सर्जियो अग्युरोले एक गोल गरे पनि उनको गोल भीएआरले अफसाइड देखाएको थियो ।
जितसँगै म्यानचेस्टर युनाइटेड २९ खेलमा ४५ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ । सिटी ५७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सिटीको हारले लिभरपुलले अझै छिटो उपाधि जित्ने पक्का भएको छ । लिभरपुल सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक छ।
चेल्सी विजयी
लिगको आइतबार रातिको अर्को खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले घरेलु मैदानमा एभर्टनलाई ४–० गोल अन्तरले हरायो ।
चेल्सीलाई जिताउन मासन माउन्ट, पेड्रो, विलियन र ओलिभर जिरुले १–१ गोल गरे ।
अंक तालिका
लिभरपुल २९ खेलबा ८२, म्यानचेस्टर सिटी २८ खेलबाट ५७, लेस्टर सिटी २८ खेलबाट ५०, चेल्सी २९ खेलबाट ४८, म्यान्चेस्टर युनाइटेड २९ खेलबाट ४५ अंक रहेको छ ।
बर्नमाउथ, एस्टन भिल्ला र नर्विच सिटी रेलिगेशन क्षेत्रमा रहेका छन् ।