उपाधि सेलिब्रेशनको संघारमा लिभरपुल, सलाह र मानेले जिताए
प्रकाशित २०७६ फागुन २५ आइतबार
533
Shares
काठमाडौं । लिभरपुल यस पटकको इंगलिश प्रिमियर लिग फुटबलको उपाधिको संघारमा पुगेको छ । सिजन सकिन नौ चरणका खेल बाँकी रहँदा लिभरपुल भने सेलिब्रेशनको तयारीतिर पुगेको हो ।
२९ औं खेलमा लिभरपुलले शनिबार राति एएफसी बर्नमाउथलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर लिभरपुलले जित निकालेको हो । बर्नमाउथका कलुम विल्सनले खेलमा अग्रता लिएका थिए । त्यसपछि मोहमद सलाह र साडियो मानेले लिभरपुललाई एक एक गोल दिलाए ।