arrow

माधवकुमार अस्पताल पुगे, स्वास्थ्यलाभको कामना

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
madhav-nepal.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्।  

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णुप्रसाद पौडेलसहित मन्त्रिगण, सांसदसमेत अस्पताल पुगेका थिए ।

 प्रधानमन्त्री ओलीको गत बुधबार अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ