arrow

हातहतियारसहित विप्लवका जिल्ला सदस्य पक्राउ

logo
प्रकाशित २०७६ फागुन २२ बिहिबार
biplab-maobadi.jpeg

भोजपुर । भोजपुरमा नेत्रविक्रम चन्द  'विप्लव' समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
परियारलाई गत बुधबार राति हातहतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेको भए पनि बिहिबार मात्र प्रहरीले सार्वजनिक गरेको हो ।

 परियारको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनटथ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान र एनसेलको एक थान सिमकार्ड बरामद भएको छ  ।

साथै परियारको साथबाट चन्दा असुली गरेको रसिद र पार्टीका केही दस्तावेजसमेत बरामद भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ