कहाँ गए कोरनाको आशंकामा टेकु पुर्याइएका व्यक्ति ?
प्रकाशित २०७६ फागुन २२ बिहिबार
1.1k
Shares
काठमाडौ । कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएका व्याक्ति अस्पतालबाट भागेर बिराटनगर पुगेको बताइएको छ । बुधबार दिउँसो अस्पताल भर्ना गरिएका सुनसरी घर भएका ३८ वर्षीय उक्त व्यक्ति राति १० बजे भागेका थिए ।
कोरियाबाट फर्केको उनलाई परिवारले परिक्षणका लागि अस्पताल पुर्याएका थिए तर उनले आफूलाई केही पनि नभएको भन्दै परिक्षण गर्न नमानेर राति नै भागे । अस्पताल प्रशासनका चिकित्सकहरुले प्रहरीको सहयोगमा उनको मोवाइल नम्बर ट्रेसिङ गरेको थियो । नम्बर ट्रेसिङ गर्दा पहिलो पटक लोकेशन त्रिभुवन विमानस्थलमा देखाएका थियो । केहि समयमा उनी बिमान चढेर परिवारसँग विमानस्थलबाट विराटनगर पुगिसकेका थिए ।
उनी मंगलबार मात्रै दक्षिण कोरियाबाट फर्किएका थिए । उनको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । कोरियाबाट फर्किएका उनलाई कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने भन्दै परीक्षणका सरुवा रोग अस्पतालमा पुर्याइइो । उनलाई सामान्य स्वास्थ्य जाँच गरेर आइसोलेसनमा राख्न खोजिएको थियो। तर उनी त्यहाँ बस्न नमानेर चिकित्सकलाई छक्याउँदै भागेका थिए। कोरोना प्रभावित क्षेत्रबाट फर्किएको उनलाई विमानस्थल हेल्थ डेक्सले टेकु अस्पतालको आइसोलेसन वार्डमा राख्न रिफर गरेको थियो।
विमानस्थलस्थित हेल्थ डेस्कले विदेशबाट आउने व्यक्तिमा १०० डिग्री फरेनहाइट भन्दा बढी तापक्रम देखिएमा कोरोना संक्रमणको आशंकामा अस्पताल पठाउने गरेको छ। अस्पतालका एक चिकित्सकले बुधबार राति अस्पताल पुगेका ती व्यक्ति कोरोना संक्रमित भएको भन्ने कुनै आधार नरहेको बताएका छन्। उनले ती व्यक्ति अहिले आफ्नो घर गइसकेको बताए ।