arrow

डा शेखर कोइरालाद्धारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

सामाजिक संजाल ट्वीटमा ट्वीट गर्दै बुधबार बिहान डा कोइरालाले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका हुन् । 

प्रधानमन्त्री ओलीको बुधबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुँदैछ । 

प्रधानमन्त्री ओलीले केही दिनअघि डा कोइरालालाई भेटेर देशको विकासका बारेमा चिन्ता व्यक्त गरेका थिए । 

डा कोइरालासंग उनले देश विकासका लागि कांग्रेस कम्युनिष्ट मिल्नुको विकल्प नभएको बताएका थिए । 

डा कोइरालाले पनि प्रधानमन्त्री ओलीलाई भेटेर फर्केपछि प्रधानमन्त्री देशको भविष्यप्रति चिन्तित रहेको पाएको प्रतिक्रिया दिएका थिए । 

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभका बारेमा ट्वीटरमा यसो लेखे डा कोइरालाले, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दैै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ