हलेसी मन्दिर अगाडि प्रधानमन्त्री ओलीको स्वास्थ्यको कामना गर्दै दीप प्रज्ज्वलन
प्रकाशित २०७६ फागुन २१ बुधबार
626
Shares
खोटाङ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै खोटाङको हलेसीमा दीप प्रज्ज्वलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगर समितिले मंगलबार साँझ हलेसी मन्दिर अगाडि ‘प्रम केपी ओलीको शिघ्र स्वास्थ्य लाभको कामना’ लेखेर दीप प्रज्ज्वलन गरेको हो ।
दीप प्रज्ज्वलनसँगै राष्ट्रिय गान बजाएर सबैले उपचाररत् प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरिएको नगर समितिका सचिवालय सदस्य सर्वधन बस्नेतले बताए ।
दीप प्रज्ज्वलन कार्यक्रममा सत्तारुढ दल नेकपाका जिल्ला एवं नगर समितिका नेता तथा कार्यकर्ता र स्थानीयवासीको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री ओलीको बुधबार काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदैछ ।