arrow

कहाँको मौसम कस्तो ?

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
weather11.jpg

काठमाडौं । हाल देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।

अपरान्ह पछि पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

मानन्धरका अनुसार पोखरा लगायतका क्षेत्रमा वर्षा हुनेछ । 

काठमाडौं उपत्यकामा वर्षा हुने सम्भावना छैन । न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम 
२१–२३ डिग्री सेल्सियस रहने सम्भावना रहेको छ । भिजिबिलिटी पाँच किलोमिटर रहेको छ । 

बिहीबार र शुक्रबार पनि एक दुई स्थानमा वर्षा हुने र अन्य स्थानमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ