देउवाद्वारा केन्द्रीय कार्यसमिति सदस्य र आमन्त्रीत सदस्य मनोनयन
प्रकाशित २०७६ फागुन १९ सोमबार
1.1k
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको सदस्य र आमन्त्रीत सदस्यमा मनोनयन गरेका छन् । अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेका र त्यस्तो राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिहरुलाई देउवाले कार्यसमितिको सदस्य र आमन्त्रीत सदस्यमा मनोनयन गरेका हुन् ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) र (ङ) बमोजिम सभापति शेरबहादुर देउवाले मनोनयन गरेका छन् ।मनोनयन गरिएको केन्द्रीय सदस्यमा जंगीलाल राय (सर्लाही), कर्णबहादुर बुढा (डोल्पा) रहेका छन् ।
त्यस्तै आमन्त्रीत केन्द्रीय सदस्यमा मोहनसिंह राठौर (कैलाली),शम्भुलाल श्रेष्ठ (सर्लाही), आमन्त्रीत केन्द्रीय सदस्य अभिषेख प्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लम्जुङ्ग),जनकराज कलौनी (डडेल्धुरा) , भूमिबहादुर (विश्व) गुरुङ्ग (स्याङ्जा) छन् ।
अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठीत समायोजन समितिको बैठकको निर्णयबाट सम्बन्धमा सिफारिस गरिएको थियो ।
२. नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिमका पार्टीका अगुवा राजनीतिककर्मीहरुलाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभा को सदस्यमा मनोनयन गरेका छन् ।
१. श्री ढुण्डीराज शास्त्री (अर्घाखाची)
२. श्री सूयमान गुरुङ (ताप्लेजुङ)
३. श्री पूर्णानन्द शर्मा (झापा)
४. श्री तेजमान तुम्वाहाम्फे (तेह्रथुम)
५. श्री छविकुमार शर्मा (दाङ्ग)
६. श्री देवीध्वज बस्नेत (सोलुखुम्वु)
७. श्री डिल्लीप्रसाद सिटौला (झापा)
८. श्री हरिशंकर मिश्र (महोत्तरी)
९. श्री राजेन्द्र खरेल (काभ्रे)
१०. श्री खेमराज पौडेल (कास्की)
११. श्री वावुराम पुरी (चितवन)
१२. श्री सूर्यप्रसाद रेग्मी (स्याङ्जा)
१३. श्री देवेन्द्रप्रसाद उपाध्याय (चितवन)
१४. श्री भरतप्रसाद उप्रेती (धादिङ्ग)
१५. श्री तोपमान गुरुङ्ग (चितवन)
१६. श्री रामचन्द्र सिं (महोत्तरी)
१७. श्री कृष्णबहादुर जोशी (पर्वत)
१८. श्री चन्द्रप्रसाद न्यौपाने (गोरखा)
१९. श्री लाल हमाल (जुम्ला)
२०. श्री तारापति सुवेदी (स्याङ्जा)
२१. श्री लक्ष्मीप्रसाद ताल्चाभडेल (ताप्लेजुङ्ग)
२२. श्री तीर्थराज ज्ञवाली ‘चैतु’ (दाङ्ग)
२३. श्री सूर्यदत्त जोशी (रुपन्देही)
२४. श्री भगवती सिंह (रुपन्देही)
२५. श्री केदार ढकाल (झापा–मेचीनगर)
२६. श्री अन्तराम भट्ट (कञ्चनपुर)
२७. श्री मदन चन्द (कञ्चनपुर)
२८. श्री केशरवावु थुलुङ्ग राई (सोलुखुम्बु)
२९. श्री प्रमेश न्यौपाने (झापा)
३०. श्री अजितनारायण सिंह थापा (धनकुटा)