काठमाडौं । राष्ट्रियसभागृहमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ताले हानिएको छ । दर्शक बस्ने स्थानबाट हानिएको सो जुत्ताले प्रचण्डलाई लागेन ।
राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।
भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेका प्रचण्डमाथि दर्शकदीर्घाबाट ताकेर जुत्ताले हानिएको थियो । तर जुत्ता प्रचण्ड भएको मञ्चसम्म भने आएन ।
जुत्ता प्रहरा गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।