arrow

कांग्रेसमा विभागीय जिम्मेवारी वाँडफाँड, संगठनको जिम्मा गोपालमानलाई, प्रचारको जिम्मा विश्वप्रकाशलाई

तरुण विभागको जिम्मेवारी शंकर भण्डारीलाई, जनसम्पर्कको जिम्मा गोविन्द भट्टराईलाई

logo
प्रकाशित २०७६ फागुन १७ शनिबार
congress-leader2.jpg

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन्।

सभापति देउवाले आज पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुङ्गानालाई वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभाग र महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभागको प्रमुखमा मनोनयन गरेका हुन्।

यसैगरी केन्द्रीय सदस्यहरु शङ्कर भण्डारीलाई तरुण विभाग, सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग, विश्वप्रकाश शर्मा (प्रवक्ता) लाई सूचना, सञ्चार तथा प्रचार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखमा मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

शनिवार नै पार्टीको विधान तथा नियमावलीको व्यवस्थाबमोजिम सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ)लाई मनोनयन गरेको उनले बताए।

प्रेस विज्ञप्ति

(१) नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ 
(संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको छ । 

१ श्री गोपालमान श्रेष्ठ संगठन विभाग
२ श्री रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग
३ श्री फरमूल्लाह मन्सुर मुस्लिम विभाग
४ श्री अर्जुनप्रसाद जोशी स्थानीय तह समन्वय विभाग
५ श्री आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग
६ श्री अजयकुमार चौरसिया तराई–मधेश समन्वय विभाग
७ श्री महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग
८ श्री शंकर भण्डारी तरुण विभाग
९ श्री सीता गुरुङ आदिवासी जनजाति विभाग
१० श्री गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग
११ श्री चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग
१२ श्री विश्वप्रकाश शर्मा (प्रवक्ता) सूचना, संचार तथा प्रचार विभाग
१३ श्री शिवप्रसाद हुमागाँइ श्रमिक तथा टे«ड युनियन विभाग

(२) पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम सभापति श्री शेरबहादुर देउवाद्वारा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा (१) श्री कृष्ण किशोर घिमिरे (दाङ), (२) श्री गोपालकुमार बस्नेत (झापा), (३) श्री सुधीरकुमार शिवाकोटी (झापा), (४) श्री मनोहर नारायण श्रेष्ठ (धनकुटा) र (५) श्री धु्रव वाग्ले (तनहुँ) लाई मनोनयन गर्नु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ