arrow

नेपाल ट्रष्टको श्वेतपत्र बदनियतपुर्ण, रक्षामन्त्रीसंग जवाफ माग

सरकारप्रति विश्वास गर्न सकिने अवस्था नरहेको

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार
Janardan.jpg.jpeg

काठमाडौं । नेकपाका नेता एवं सांसद जनार्दन शर्माले बदनियतपुर्न रुपमा आफ्नो नाम श्वेतपत्रमा राखेको भन्दै सरकारको आलोचना गरेका छन्। उनले विश्वासको संकट पैदा भएको स्पष्ट पारेका छन्।

आफुले नगरेको काममा आफ्नो नाम जोडेर बदनाम गरिएको भन्दै उनले प्रधानमन्त्री एवं रक्षामन्त्रीले जवाफ दिनु पर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा संसदको विशेष समयमा बोल्दै पूर्वमन्त्री शर्माले सरकारले ढाँटिरहेको भन्दै सरकारप्रति विश्वास गर्न सकिने अवस्था नरहेको बताएका हुन् । नेपाल ट्रष्टको नाममा रहेका जग्गाहरु विभिन्न समूहलाई भाडामा दिने सम्बन्धमा आफ्नो संलग्नता रहेको भन्दै सरकारले श्वेतपत्र नै जारी गरेकोप्रति शर्माको आपत्ति थियो । 

उनले भने, ‘सरकारले २ दिनअघि श्वेतपत्र जारी गर्यो । श्वेतपत्र भनेको के हो मलाई थाहा छैन । सायद कुनै विषयमा जस्ताको तस्तै कुरा जनताको सामु ल्याउने कुरालाई स्वेतपत्र भन्छ जस्तो मलाई लाग्छ । मैले मिडियाबाट थाहा पाएँ कि फलाना–फलानाहरु पनि जग्गा बेच्न लागे, लिजमा दिन लागे भनेर लेखियो । पढिसकेपछि तथ्य के होला भनेर खोज्नका लागि म नेपाल ट्रष्टको कार्यालयमा गएँ । ट्रष्टको कार्यालयमा माइन्युटमा के लेखिएको छ भनेर मैले हेर्न मागे । तर मलाई माइन्युट हेर्न दिइएन । निवेदन दिएर हेर्न पाउँ भन्दा पनि ताल्चा लगाइएको छ भन्दै मलाई हेर्न दिइएन । मैले त्यहाँका कर्मचारी साथीहरुसँग सोधेँ । मेरो नाम पनि आयो । म ट्रष्टको कार्यालयमा गृहमन्त्री हुँदा कहिले पनि पसेको थिइन । आज त आएँ । तर कसरी आयो मेरो नाम भनेर सोधें ।’

नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टका सम्पत्ति र त्यसको व्यवस्थापन बारे जानकारी दिन मंगलबार श्वेतपत्र जारी गरेका थिए ।

नेता शर्माले सरकारले ल्याएको श्वेतपत्र श्वेत नभएर अश्वेतपत्र भएको पनि टिप्पणी गरे । उनले भने ‘श्वेतपत्र हो भने जस्ताको तस्तै आउनुपर्यो, अश्वेत पत्र हो भने यसलाई मान्ने कुरा भयो । यहाँ के भनिएको छ भने २०७४ कात्तिक १३ गते निर्णय भएको भनेर मेरो नाम समेत त्यहाँ जोडिएको छ । त्यहाँ लेखिएको छ, ‘२०७४–७–१३ गते थामसेर्कु प्रालिको आर्थिक प्रस्ताव स्वीकृत भएको र तत्कालीन नेपाल ट्रष्टको संरक्षक सम्माननीय शेरबहादुर देउवा र गृहमन्त्री माननीय जनार्दन शर्मा भनिएको छ । यसैलाई आधार मानेर पत्रिकाहरुले, अनलाइनहरुले फलाना फलाना पनि सहभागी भएको भन्दै समाचार लेखे ।’

ट्रस्टको ९० प्रतिशत जग्गा यति समूहलाई दिएको भन्दै सरकारको चौतर्फी विरोध हुन थालेपछि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सो निर्णयको बचाउ गर्दै श्वेतपत्र जारी गरेका थिए। श्वेतपत्रमा हालसम्म नेपाल ट्रस्टको नाममा २१ हजार रोपनी जग्गा भेटिएको उल्लेख गरिएको छ।

नेता शर्माले सरकारले ल्याएको श्वेतपत्र श्वेत नभएर अश्वेतपत्र भएको पनि टिप्पणी गरे । उनले भने ‘श्वेतपत्र हो भने जस्ताको तस्तै आउनुपर्थ्यो, अश्वेत पत्र हो भने यसलाई मान्ने कुरा भयो । यहाँ के भनिएको छ भने २०७४ कात्तिक १३ गते निर्णय भएको भनेर मेरो नाम समेत त्यहाँ जोडिएको छ । त्यहाँ लेखिएको छ, ‘२०७४–७–१३ गते थामसेर्कु प्रालिको आर्थिक प्रस्ताव स्वीकृत भएको र तत्कालीन नेपाल ट्रष्टको संरक्षक सम्माननीय शेरबहादुर देउवा र गृहमन्त्री माननीय जनार्दन शर्मा भनिएको छ । यसैलाई आधार मानेर पत्रिकाहरुले, अनलाइनहरुले फलाना फलाना पनि सहभागी भएको भन्दै समाचार लेखे ।’

नेता शर्माले उक्त निर्णय भएको भन्दै नियतवश मेरो नाम लेखिएको आरोप लगाए । उनले भने, ‘नाम कहीँ लेख्नु नपर्ने र कहीँ लेख्नुपर्ने किन ? लेख्नुपर्दा पनि किन यसरी लेखिन्छ ?म कात्तिक १३ गते होइन, असोज ३० गतेबाट गृहमान्त्रीको जिम्मेवारीबाट हटेको छु । असोज ३० गते नै मैले पत्रकार सम्मेलन पनि गरेँ र मलाई बिना विभागीय मन्त्री बनाइयो । त्यसपछि म गृहमन्त्री हुने कुरै भएन । तर जब कर्मचारीले उहाँ होइन हजुर भन्दाभन्दै पनि मेरा नाम किन लेखियो र लेख्नुपर्ने मान्छेका नाम किन लेखिएन ? त्यसकारण यो श्वेतपत्र नभएर अश्वेतपत्र हो भन्ने मलाई लागेको छ ।’

यस्तै श्वेतपत्र दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङ्सलाई लिजमा दिँदा क्रमश: पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको उल्लेख गरिएको छ।

सरकारलाई सहयोग गर्दा गर्दै पनि नियतवश सरकारले आफुलाई विवादमा ल्याएको भन्दै उनले भने, ‘सकारात्मक रुपले सहयोग र समर्थन गरिरहेको आफ्नै पार्टीको सरकारलाई मद्दत गर्दागर्दै यी विषयहरु लेख्नुको तात्पर्य के ? भ्रष्टाचारको अन्त्य हुनैपर्छ । ट्रष्टबाट बाँडिएका सबै कुराहरु फिर्ता ल्याउनुपर्छ र नयाँ ढङ्गले अगाड बढ्नुपर्छ । ऐन कानूनको दुरुपयोग भएको छ, त्यसलाई सच्याउनुपर्छ । मेरो माग छ र म जवाफ चाहन्छु, रक्षा मन्त्री र प्रधानमन्त्री ज्यूबाट। सरकारबाट म यसको जवाफ चाहन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ