arrow

संखुवासभाको मकालुबाट हिमालय बचाउ नदी जोगाउ अभियान सुरु

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार
lalupate_flower.jpg

संखुवासभा । नागरिक आन्दोलनका अगुवा डा. देबेन्द्रराज पाण्डेले हिमालय संरक्षणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।

मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाद्वारा फागुन १५ गते सरदमुकाम खाँदबारीमा आयोजित हिमालय बचाउ नदी जोगाउँ बिषयक नागरिक सभामा बोल्दै डा.पाण्डेले बातावरण संरक्षण राज्यको प्राथमिकता हुनुपर्ने बताए ।

प्रशिद्ध समाजसेवी बद्रीप्रसाद पहाडीले ५७ बर्ष अगाडि जनप्रतिनीधिका रुपमा खाँदबारीमा बसेर काम गरेको स्मरण गर्दै मकालुको काखमा अवस्थित संखुवासभाको पर्यावरण संरक्षित राख्न आग्रह गरे ।

बातावरण बचाउन राज्य, समाज गम्भिर नहुने हो भने अकल्पनीय बातावरणीय संकट उत्पन्न हुनसक्ने कुरा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बताए । पहाडीले जगत नरहे जीबन नरहने भन्दै जगतमुखी, जीबनमुखी र सेवामुखी उदेश्यले कार्यगर्न सबैलाई आग्रह गरे ।

शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले नदी सफाई अभियानको अनुभव साझेदारी गर्दै नदीनाला प्रदुषित र बिकृत नबनाउन आग्रह गरे ।

कार्यक्रममा नागरिक आन्दोलनका अगुवा एवं कवि अर्जुन पराजुली र छन्दकवि सुदेश सत्यालले समसामयिक बिषयमा कबिता प्रस्तुत गरेका थिए ।

 शान्ति समाज संखुवासभा शाखाका सभापति नरबहादुर लिम्बुको सभापतित्वमा सम्पन्न सभामा शान्ति समाजका महासचिव सुशिल बस्नेतले शान्ति समाजद्वारा तयार गरिएको अवधारणापत्र प्रस्तुत गरेका थिए भने शान्ति समाजका बरिष्ट उपसभापति गोबिन्द खनाल, अनुसाशन समितिका संयोजक डिकप्रसाद घिमिरे, संखुवासभा जिल्ला समन्वय सभापति सुमन शाक्य, खाँदवारी नगरपालिकाका उपमेयर डिगेश्वरी श्रेष्ठ, नेकपाका संखुवासभा अध्यक्ष हेमराज घिमिरे, नेपाली कांग्रेसका संयम नेपाली र नागरिक समाज संखुवासभाका चित्ररेखा अधिकारीले मन्तब्य ब्यक्त गरेका थिए ।

यस्तै फागुन १५ गते बिहान संखुवासभा खाँदबारीस्थित मुख्यचोक मत्स्य पोखरी र आसपासका क्षेत्रमा सफाई कार्यक्रम सम्पन्न भएको थियो ।

यसअघि शान्ति समाजले फागुन १४ गते संखुवासभाको मकालु गाउँपालिका नुमबाट हिमालय बचाउ, नदी जोगाउँ अभियान प्रारम्भ गरेको  थियो । यस सम्बन्धमा शान्ति समाजले तयार गरेको दुईबुँदे अवधारणापत्र लोकतान्त्रिक आन्दोलनका अगुवा अग्रज डा. देबेन्द्रराज पाण्डेले नुममा बितरण गरि अभियान प्रारम्भ गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ