राष्ट्रिय एकतालाई प्रबर्धन गर्न नेपाली भाषा साहित्यको भूमिका ठुलो : राष्ट्रपती भण्डारी
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ फागुन १४ बुधबार
476
Shares
धनगढी । मुलुकको राष्ट्रिय एकताको प्रबर्धन गर्न नेपाली भाषा साहित्यको भूमिका ठुलो भएको राष्ट्रपति बिध्या देबी भण्डारीले धनगढीमा आयोजित विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्दै बुधबार बताएकी हुन् ।
नेपाली भाषा , नेपाली जाति नेपाली पहिचान ,विश्वलाई जोड्ने कला संस्कृति हो हाम्रो स्वाभिमान भन्ने नाराका साथ् बुधबार सुदुरपश्चिमको कैलालीमा आयोजित ७ दिने विश्व साहित्य महोत्सबको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन सुदुरमा जन्मिएर नेपाली साहित्यको बिकासमा पहलावानासिंह स्वाँर र मोतिराम भट्टले नेपाली साहित्यको बिकासमा महत्वपुर्ण योगदान दिएका छन् ।
राष्ट्रपती भण्डारीले भनिन कालजयी साहित्यले मुलुकको बिकासमा उल्लेखनीय महत्व बोकेको हुन्छ । फागुन ४ देखि २० गते सम्म सुदुर पश्चिमको कैलाली स्थित धनगढीमा आयोजना भैरहेको विश्व साहित्य महोत्सबमा राष्ट्रपती भण्डारीले विश्वभर छरिएर रहेका नेपाली भाषी हरु बीच सम्बन्ध प्रगाढ बनाउन सफल बनोस भन्ने कामना गरिन । उनले नेपाल र नेपालीको विशिष्टता हासिल गर्न साहित्य महोत्सव कोसे ढुङ्गो बन्न सकोस भन्ने कामना गरिन ।
बुधबार देखि धनगढिमा आयोजित विश्व साहित्य सम्मेलनमा बोल्दै बिशिष्ट अथिति रहेका पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले भने संस्कृति कमजोर बने मुलुक कमजोर हुने भएकाले संस्कृति बलियो बनाउन कला ,साहित्य र भाषाको संरक्षण गर्न आबश्यक हुन्छ ।
उनले भने मोतिराम भट्ट जस्ता मुर्धन्य साहित्कार जन्मिएको सुदुर पश्चिम नेपाली साहित्यको भण्डार रहेकाले यो पावन क्षेत्रमा हुँदै गरेको साहित्यिक महोत्सवको सफलताको कामना ब्यक्त गर्दै पुर्व प्रधानमन्त्री चन्दले भने अभुतपुर्व सम्मेलनको आयोजना सुदुर पश्चिम साहित्य समाजले गरेर विश्वमै नेपाली भाषी हरु बीच महत्वपुर्ण भूमिका खेलेको छ ।
यस्तै कार्यक्रमबोल्दै उद्योग बाणिज्य आपूर्ति मंत्री लेखराज भट्टले भने डोटेली भाषानै नेपाली भाषाको जननी भएको दावी गर्दै कत्युरी राज पछि सुदुर पशिममा डोटेली राज्य स्थापना भएको बताए । सोहि कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रियसदस्य एन पी साउद्ले भने नेपाली भाषाको जननी सुदुरपश्चिम भएको बताए उनले भने पृथ्वीनारायणका दिव्य उपदेशमा प्रयोग भएको भाषा सुदुर पश्चिमका धेरै स्थानमा अहिले पनि बोलचाल गरिन्छ ।
नेता साउदले भने नेपाली भाषाको जननी जुम्लाको सिंजा भनिए पनि सिन्जामा अहिले त्यो भाषा नबोलिने बताए । बुधबार विश्व साहित्य महोत्सवका अबसरमा नेपाली साहित्यको बिकासमा अतुलनिय योगदान गरेका शताब्धि पुरुष साहित्यकार सत्यमोहन जोशी लगायत अन्य साहित्यकारहरुलाई राष्ट्रपति विध्यादेबी भण्डारीले सम्मान गरेकी थिइन् ।