arrow

मौसमले झुक्याउन अझै छाडेन, कहाँ के हुँदैछ ?

logo
प्रकाशित २०७६ फागुन १२ सोमबार
weather.jpg

काठमाडौं । देशभरको मौसम सामान्यतया अहिले सफा रहेको छ । तर माथिल्लो भेगमा पश्चिमी वायुको न्यूनचापीय प्रणाली र तल्लो तहमा स्थानीय वायु प्रणालीको प्रभाव रहेको छ । 

धेरैजसो स्थानमा मौसम सफा रहेको छ । पूर्वका झापा, विराटनगर लगायतमा आंशिक बदली रहेको छ । 
 
पूर्व, मध्य र पश्चिममा अपरान्हतिर बदली बढेर वर्षा हुने सम्भावना छ । 

उपत्यकामा अपरान्हतिर मौमसमा बदली हुने वरिष्ठ मौसमविद् राजु प्रधानांगले बताएका छन् । उपत्यकामा बिहान भिजिबिलिटी ५ किलोमिटर र तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको देखिन्छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। 

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशको मध्य तथा पुर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहने छ। 

मध्य तथा पुर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका मध्य तथा पुर्वी भूभाग साथै पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध समेत गरिएको छ । 

यस्तो छ मंगलबार बुधबारको पूर्वानुमान
फागुन १३ गते मंगलबार

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः  देशभर आँशिक देखि सामान्य बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहन्छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १४ गते बुधबार

दिउँसोः देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  देशको पूर्वी तथा मध्य पहाडी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ