पूर्वराजा ज्ञानेन्द्रले सम्झे हजुरबुबा त्रिभुवनलाई, भने – शब्दमा हैन कर्ममा उत्रनु पर्छ
प्रकाशित २०७६ फागुन ७ बुधबार
895
Shares
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना हजुरबुबा त्रिभुवन शाहलाई सम्झेका छन् । ७० औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले इतिहास नभुल्न, उनले त्रिभुनवसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गरेका हुन् ।
उनले प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्ने भन्दै सारमा झल्कनु पर्नेमा जोड दिए । वर्तमानलाई नबिर्सन र भविष्यको कोरा सपना नबाँड्न सबैलाई सचेत गराएका छन् ।
साथै उनले प्रजातन्त्र केही आर्थिक स्वार्थको नभएको भन्दै सबैका लागि प्रभावकारी हुनुपर्ने धारणा राखेका छन् ।
पूर्वराजाले प्रजातन्त्र सबै जनता तथा सिंगो देशका निम्तिी प्रतिफलकारी हुनुपर्नेमा समेत जोड दिएका छन् ।
उनले आफ्नो इतिहासलाई नभुल्न, वर्तमानलाई नबिर्सन र भविष्यको कुरा सपनामात्र बाँडेर समय खेर नफाली सर्वहितकारी प्रजातान्त्रिक धर्मको निर्वाह गर्न आग्रह गरेका छन् ।