चीनबाट ल्याइएका नेपालीको कोरोना भाइरस परीक्षण कस्तो छ ?
प्रकाशित २०७६ फागुन ७ बुधबार
2.1k
Shares
काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को भयावहबीच चीनबाट उद्धार गरी नेपाल ल्याइएका सबै नेपालीको परीक्षण नेगेटिभ देखिएको छ ।
उद्दार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको हो ।
नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलबार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो ।
परीक्षणको सबै नतिजा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका रञ्जित शाहको नेतृत्वमा गएको टोलीले आइतबार नमुना संकलन गरेको थियो ।
धेरैको नेगेटिभ आए पनि केहीको आशंका रहेको स्रोतले बताएको छ ।
अहिले नै खोल्न नमिल्ने भन्दै सूचना गोप्य राख्न खोजिएको छ ।
मंगलबार संसद बैठकमा पनि नेपालीहरुको अवस्था जानकारी गराउन माग गरिएको थियो ।