घरेलु टोली चेल्सीको दुई गोललाई मान्यता दिन रेफ्रीले अस्विकार गरे । बैकल्पिक खेलाडीको रुपमा कार्ट जुमाको बराबरी गोल तथा ओलिभर जिराउडले ७६ औ मिनेटमा गरेको हेडर गोललाई रेफ्रीले भीएआर मार्फत मान्यता दिन अस्विकार गरेका थिए ।
यो हारपछि चेल्सीको उपाधिको अंक गणितीय हिसाब पनि लगभग सकिएको छ । चेल्सी २६ खेलबाट ४१ अंकसहित चौथो स्थानमा छ ।
शीर्ष स्थानको लिभरपुलको ७६, दोस्रो म्यान्चेष्टर सिटीको ५१ र तेस्रो लेष्टर सिटीको ५० अंक छ ।
म्यान्चेष्टर युनाईटेड ३८ अंकसहित सातौं स्थानमा छ ।