arrow

फेब्रुअरी १४ तपाईलाई लागेको छ ? 

logo
प्रकाशित २०७६ फागुन २ शुक्रबार
happy-valentines-day-11.jpg.jpeg

काठमाडौं । फेब्रुअरी १४ भन्न बित्तिकै माया पिरतीका कुरा हुन्छन् । बाँकी ३६४ दिन रिसाए पनि एक दिन त हाँसिखुशी रहनु पर्छ भन्छन् । 

फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिन विवाहित भन्दा पनि अविवाहित युवा युवती उत्साही हुन्छन् । 

यसै दिन प्रेमको कुटुरो खोल्ने पनि गरिन्छ । रातो रंगको गुलाफ दिएर माया जनाइन्छ । 

आजकल साहित्यकारहरु पनि यसप्रति लागेको पाइन्छ । त्यसैले त विशेष गरी भ्यालेनटाइन डेमा केटाकेटी घुम्न जाने र मनोरञ्जन मात्र गर्ने परम्पराको अन्त्य गर्दै आफ्नो जीवनमा प्रेमसंग जोडिएका विषयलाई कवितामार्फत् उतार्न सेलिब्रेटीहरूले प्रमिल कविता सुनाउने कार्यक्रम आयोजना गर्न लागिएको छ ।

शुभ दिन मिडिया एन्ड रिसर्च सेन्टरले शुक्रबार आयोजना गर्न लागेको कार्यक्रममा सबै सेलिब्रिटीहरूले आई एम अ पोइट ईन लभ अर्थात् मायामा परेको म एउटा कवि विषयमा कविता वाचन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

जब मानिस प्रेममा पर्छ तब कविता रच्छ रे । भ्यालेन्टाइन डेमा पनि कवितामार्फत आफ्नो भावना व्यक्त गर्ने गर्छन् । 

आजकल विद्यालयमै यसको प्रयोग खुव हुन लागेको छ । बच्चाबच्ची पनि प्रविधिको बढ्दो प्रयोगबीच भ्यालेन्टाइनलाई नजिक बनाउन थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ