नेपाली क्रिकेटमा कीर्तिमानको दिन, अमेरिका बिरुद्ध विश्व ‘रेकड’
प्रकाशित २०७६ माघ २९ बुधबार
960
Shares
काठमाडौं। आईसीसी क्रिकेट लिग डिभिजन दुईमा नेपालले किर्तिमान सहित जित हात पारेको छ। ३६ रनको बिजय लक्ष्य पाएको नेपालले २ विकेटको नोक्सानीमा ५.२ ओभरमा पुरा गरेको थियो।
नेपाली क्रिकेटमा आज किर्तिमानको दिन रहेको थियो। यसअघि सन् २००४मा श्रीलंकाले जिम्बाब्वेलाई ३५ रनमा अलआउट गरेको थियो।
एकदिवसीय क्रिकेटमै अमेरिकाले सबैभन्दा कम रन बनाउने क्रममा जिम्बाबेसँग बराबरी गरेको छ । जिम्बाबेले सन् २००४ मा हरारेमा श्रीलङ्का विरुद्धको खेलमा ३५ रन बनाएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ‘लेग स्पिनर’ सन्दीप लामिछाने आफ्नो खेल जीवनकै उत्कृष्ट खेल प्रदर्शन गरेपछि अमेरिकाले लज्जास्पद स्कोर बनाएको हो । सन्दीपले छ विकेट लिए । उनले छ ओभर बलिङ गर्ने क्रममा एक मेडन राखी १६ रन खर्चिए ।
सन्दिप नेपालका लागि उत्कृष्ट बलिङको किर्तिमान राखेका छन्। उनले सोमपाल कामीको किर्तिमानलाई उछिनेका हुन्। सोमपालले युएई बिरुद्ध ३३ रन खर्चेर ५ विकेट लिएका थिए।
यस्तै सुशन भारीले तीन ओभरमा एक मेडन राखेर पाँच रन खर्चेर चार विकेट लिए । यस्तै करन केसीले तीन ओभर बलिङ गर्दै एक मेडन राखेर १३ रन दिए । उनी विकेटविहीन रहे ।
आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । ब्याटिङ गर्ने क्रममा अमेरिकाको शुरुआत राम्रो रहेन । रन नै बनाउन नसकेको अवस्थामा उसले पहिलो विकेट गुमायो । दोस्रो ओभरको अन्तिम बलमा अमेरिकाका भरपर्दा प्रारम्भिक ब्याट्सम्यान इयान होल्यान्ड रन नबनाईकन पभेलियन फर्किए । उनलाई लेगस्पिनर सन्दीप लामिछानेले पारस खड्काद्वारा क्याच आउट गराए । उनले मेडन ओभर फाल्दै पहिलो विकेट लिएका थिए।
खेलका प्लेयर अफ द म्याच नेपालका सन्दिप लामिछाने घोषित भए।