arrow

जन्ती गएर घर फर्किदै गरेको मण्डल दाजुभाइको मृत्यु

logo
प्रकाशित २०७६ माघ २७ सोमबार
bike-accident.jpg

सिरहा । जन्ती गएर घर फर्किदै गरेको मण्डल दाजुभाइको मृत्यु भएको छ।  सिरहाको नरहा गाउँपालिका–५ स्थित पानबारी चोकमा सोमबार यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

सिरहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको यात्रुबाहक बसले सदरमुकाम सिरहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–३ निवासी ४५ वर्षीय शैलेन्द्र मण्डल र २९ वर्षीय अमन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जन्तीबाट घर फर्किदै गरेको अवस्थामा दुर्घटनामा परी गम्भीर घाइते दुवैलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ