ओमानलाई २ सय ५०को नेपाली लक्ष्य, कप्तान मल्लको अर्धशतक
प्रकाशित २०७६ माघ २६ आइतबार
618
Shares
काठमाडौं। आईसीसी विश्व क्रिकेट लिगमा नेपालले ओमानका सामु २५० रनको बिजय लकष्य पेश गरेको छ। निर्धारित ५० ओभरको खेलमा ८ विकेट गामउँदै नेपालले २ सय ४९ रन बनाएको हो।
नेपालका लगि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रन बनाएका थिए। ७६ बल खेल्दै ज्ञानेन्द्रले ७ चौका र १ छक्का प्रहार गरेका थिए। त।यसैगरि पारस खड्काले ३८ रन बनाए भने बिनोद भण्डारीले ३५ रनको योगदान दिएका थिए।
नेपाली ब्याटिङ तर्फ कुशल मल्ल र आरिफ शेखले २८-२८ रन बनाए भने सुवास खकुरेलले २२ रनको योगदान दिएका थिए।
ओमानका लागि अकिब ईल्यासले ४ र मोहम्मद नदिमले ३ विकेट लिएका थिए। पहिलो खेलमा ओमानले नेपाललाई १७ रनले पराजित गरेको थियो।
आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।
लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।