नेल्टाका सदस्यको वृत्ति तथा काममा अवरोध गरे आन्दोलन, रुपन्देहीमा गैेह्रेको नेतृत्व
मणि प्रसाद गैेह्रे,
प्रकाशित २०७६ माघ २६ आइतबार
537
Shares
रुपन्देही । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) रुपन्देहीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । तिलोक्तमा नगरपालिकाको वाउन्नकोटी सामुदायिक वनको सभाहलमा शनिबार सम्पन्न अधिवेशनले डोलराज गैेह्रेको अध्यक्ष सहित जिल्ला कार्य समिति चयन गरेको छ ।
जसको उपाध्यक्षयमा बालकृष्ण घिमिरे, सचिवमा प्रदीप घिमिरे, सहसचिवमा सरोज पन्त, कोषाध्यक्षमा महेन्द्र गौतम र सदस्यहरुमा भिमा अर्याल, भुवन ज्ञवाली, टेकनाथ चौधरी, पिताम्वर अर्याल, सूर्यप्रसाद घिमिरे र सूर्यप्रसाद कुमाल निर्वाचित भएको निर्वाचन समितिका सदस्य युवराज घिमिरेले जानकारी दिएका छन् ।
त्यस्तै आसन्न केन्द्रिय महाधिवेशनको लागि पनि सर्वसम्मत रुपमा केन्द्रिय प्रतिनिधि पनि चयन गरिएको घिमिरेले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दीपक क्षेत्री न्यौपानेले किसानको घर घरमा गएर सेवा दिने प्राविधिकलाई वर्तमान सरकारले उचित व्यवस्थापन गर्न नसकेको तथा भेदभावपूर्ण व्यवाहार गरेको प्रति आपत्ति जनाए ।
कृषिसंग सिधै जोडिएर काम गर्ने नेल्टाका सदस्यहरुको सेवा वृत्ति तथा काममा अवरोध गरेमा कांग्रेसले त्यस्ता तत्वहरुप्रति आन्दोलन गर्ने चेतावनी दिए ।
त्यस्तै कार्यक्रममा वोल्दै नेल्टाका केन्द्रिय अध्यक्ष जनकबहादुर रावलले देशभरि छरिएर रहेका पशु स्वास्थ्य प्राविधिकहरुको हक हितको लागि संगठन सधै लाग्ने र प्राविधिकहरुको हकहित र संरक्षणको लागि संगठन लाग्ने बताए ।
त्यस्तै महासचिव सुरेश श्रेष्ठले लोकतन्त्रमा सबैका माग राख्ने अधिकार रहेको बेला लोकतन्त्रवादी प्राविधिकहरुलाई सत्ता पक्षले दोस्रो आँखाले हेरेको बताए ।
कार्यक्रममा नेल्टाका उपाध्यक्ष छविलाल भट्टरार्ई, निजामति कर्मचारी संघका मोहन नेपाल, गोविन्दप्रसाद बस्याल, धनेश्वर खनाल, ऐश्वर्य आचार्य, लक्ष्मण घिमिरे लगायतले कृषि र पशुपालनमा नेल्टाको योगदान र नव निर्वाचित कार्य समितिलाई वधाई तथा शुभकानना व्यक्त गरे ।
नव निर्वाचित अध्यक्ष डोलराज गैह्रेले संगठलाई साझा संगठनको रुपमा लाने र ग्रामिण क्षेत्रमा रहेका पशुपालक किसानहरुको समस्या समाधान गरी उन्नत पशुपालनतर्फ सहयोग गर्न आफु र कार्य समिति लाग्ने प्रतिवद्धता जनाए ।