मेगा बैंकको सिइओ अनुपमा खुञ्जेलीलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’
प्रकाशित २०७६ माघ २५ शनिबार
643
Shares
काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवाडर्’बाट सम्मानित भएकीछिन्। नेपाल व्यवस्थापन संघ (म्यान) ले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरेको हो। शुक्रबार विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले सिइओ खुञ्जेलीलाई अवार्ड प्रदान गरे। ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुन्।
उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै सिइओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद एवं आभार व्यक्त गरेकीछिन्। यो अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वासको रुपमा लिएको उनले बताइन्।
खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन्। ९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेलीले २०७५ बैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकीछिन्। उनको नेतृत्वमा यो अवधिमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको छ भने यो बर्ष बैंक अफ दि एयर जस्तो प्रतिष्ठित सम्मान समेत प्राप्त गरेको छ।
सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २८ वर्षको बैंकिङ करिअरको अनुभव छ।