arrow

स्थानीय तहमा कांग्रेसको खबरदारी

logo
प्रकाशित २०७६ माघ २५ शनिबार
ilam_district_map.png

इलाम। स्थानीय तहमा बढेको बेतिथी र अनियमिता बिरुद्ध नेपाली कांग्रेसले खबरदारी गर्ने भएको छ। नेपाली कांग्रेस इलामले जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउँदै खबरदारी गर्ने भएको हो।

देशमा नै पहिलो पटक यस्तो खवरदारी सहित ज्ञापनपत्र बुझाउन लागएको नेपाली कांग्रेस इलामका प्रसारप्रचार विभाग प्रमुख केदार थापाले जानकारी दिए। उनका अनुसार माघ २६ गते इलाम नगरपालकामा ज्ञापत्रपत्र बुझाउने कार्यक्रम तय भएको छ। त्यस्तै जिल्लाकै सूर्योदय, देउमाई र माई नगरपालिकामा २९ गते बिज्ञप्ति बुभाउने कार्यक्रम तय भएको बताइएको छ।

आगामी फागुन २ गते जिल्लाका अन्य सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस इलामले जानकारी दिएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले महासमिति सदस्य नगेन्द्र कुमालको संयोजकत्वमा समिति निर्माण गरेको छ।

स्थानीय तहमा बढेको भ्रष्टाचार, अनियमितता, कर्मचारी नियुक्तिमा एकलौटी पन र सार्वजनिक दरिद ऐन अनुसार गर्नुपर्ने काममा ब्यक्तिगत निर्णय हुने गरेका भन्दै त्यसको भण्डाफोर गर्न संघर्ष सहितका कार्यक्रम गर्न लागिएको प्रसारप्रचार समितिका संयोजक थापाले जानकारी दिए। उनका अनुसार स्थानिय तहमा बढेको भ्रष्टाचार नियन्त्रण गर्न यस कार्यक्रमले सघाउ पुर्‍याउने बताइएको छ। नेपाली कांग्रेस इलामले भर्खरै बिभिन्न बिषयगत समिति निर्माण गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ