प्रजातन्त्रको लागि साहदत प्राप्त गरेका दिन देखि उनका परिवारजनले अहिलेसम्म निरन्तर आँशु बगाइरहेका छन् । प्रजातान्त्रिक योद्धाहरुको परिवारको आँशु थाप्न न राज्यले प्रयास गरेको छ न त समाजलेनै । साहदत प्राप्त गर्ने महान योद्धारुलाई नसम्मान गर्न सकेको छ न त शहिद परिवारनै । प्रजातन्त्र पुर्नस्थापना भएको लगभग ४० बर्ष बति सक्दा पनि प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने महान योद्धाहरुको परिवारहरु अहिले पनि आँशुनै पियर वसिरहेका छन । उनको जिवनमा कहिल्यो खुशी आएन । शहिदहरुको बलिदानको जगमा टेकेर मुलुकमा ठुलो परिवर्तन भयो नेताहरुकै जिवननै रुपान्तर भयो तर धनकुटाका शहिद परिवारजनमा अहिलेसम्म परिर्वतन आएन ।
राणा शासनको समाप्ती, निरंकुस पंचायती व्यवस्थाको अन्त्य र गणतन्त्रको स्थापनाका लागि आन्दोलनको क्रममा धनकुटा जिल्लामा ८४ जना योद्धाहरुले साहत प्राप्त गरे भने ८ जना बेपत्ता भएका थिए । तर अहिलेसम्म पटक पटक गरी २७ जनालाई मात्र सरकारले राष्टिय शहिद घोषणा गरेको छ । बाकीको कसैले खोजी गरेका छैन्न । शहिद घोषणा गरेकाहरुका परिवारजनलाई पनि पटक पटक राहत दिने घोषणा गरेता पनि संघीय सरकार,प्रदेश सरकार तथा स्थानीय सरकारबाट अहिलसम्म राहत उपलब्ध गराएको छैन । शहिद परिवार आशै आशमा आँशु पिउदै अहिलेसम्म जिउन बाध्य भएका छन ।
२००७ सालको जहानिया राणा शासनको विरुद्धको आन्दोलनमा धनकुटा जिल्लाका बखतजंग पापो लिम्बु र हर्षध्वज राई (चैनपुरे कान्छा )ले जिवन उत्सर्ग गरेका थिए । एकदलिय पंचायती व्यवस्था विरुद्ध र प्रजातन्त्रको पुर्नवहालीको आन्दोलनको क्रममा धनकुटा राजारानीका नारायण प्रसाद नोगु लिम्बुलाई रघुवा खोलामा गोलीहानी हत्या गरिएको थियो । धनकुटा भेडेटार धारापानीका प्रजालाल राई लाई ओखलढुंगाको टिमुरबोटे काण्डमा गोली हानी हत्या गरिएको हो ।
धनकुटा नगरपालिका वडा नं. ७ का रामकृष्ण श्रेष्ठले २०३० साल चैत्र ३ गते तत्कालिन राजा विरेन्द्र र उनका परिवार विराटनगरमा सवारी हुदा बम प्रहार गर्दा साहदत प्राप्त गरेका थिए भने धनकुटा नगरपालिका वडा नं. ६ का भीम नारायण श्रेष्ठलाई उक्त बम काण्डको प्रमुख दोशीको रुपमा पाँच बर्ष कठोर जेल याताना दिदै २०३५ माघ २६ गते कोशी टप्पुमा गोली हानी हत्या गरेको थियो । यसैगरी छिन्ताङ्ग हत्या काण्डमा धनकुटा छिन्ताङ्गका गोपाल आनन्द राई,गंगा वहादुर तुप्प्रिहाङ्ग राई,लाखमान शाधु राई,झगेन्द्र राई,धनवीर दर्जी,गंगा वहादुर विक,गंभिरमान दर्जी,रणध्वज पुमा राई,गणेश विक,पुत्रमान राई,भैरव खालिङ्ग राई,केशरमान राई ,बल हादुर खत्री,चन्द्र वहादुर दवाई,हाङखीमा साईली राई,राम कुमारी राईलाई गोली हानी हत्या गरिएको थियो ।
माओवादीले २०५२ साल देखि शुरु गरेको जनयुद्धको क्रममा धनकुटाको चौविसे गाउपालिकाबाट मौनाबुधुकका डगल सिंह लिम्बु,राजारानीका कवि वहादुर चेम्जोङ्ग,झप्टमान खतिवडा,सन्तोष बिक,झष्ट वहादुर बस्नेतले साहदत प्राप्त गरेका थिए । यसैगरी धनकुटा नगरपालिका भीरगाउका दिपक दाहाल,वेलहाराका गंगा प्रसाद जोशी,धनपा वडा नं. ४ का पदम वहादुर श्रेष्ठ,राजेश थापा मगर,धनकुटा नगरपालिकाकै डम्वर वहादुर भट्टराई,महेन्द्र नेपाल, नगेन्द्र वास्तोला,दिपक तिवारी,नैन वहादुर तमांग र शिव कुमार राईले शाहदत प्राप्त गरेका हुन् ।
महालक्ष्मी नगरपालिकाबाट चन्द्र वहादुर घिसिङ्ग,मनोज बानिया,शम्भु विक, प्रेम प्रसाद शर्मा सापकोटा,भिष्म पौडेल,केदार लिम्बु, भिम वहादुर कार्की,पदम प्रसाद सुवेदी, दिल वहादुर मखरा,दिल वहादुर रायले जिवन उत्सर्ग गरेका थिए । पाख्रिवास नगरपालिकाका उत्तम कुमार न्यौपाने,फत्तवहादुर तामाङ्ग,रामजी थापा, लालवहादुर राना मगर,हुकुम थापा,गिता विक,रामलाल मोक्तान,भक्त वहादुर तामांग,हुकुम थापा,झमक राई,राजन भट्टराई,लाल वहादुर पिठाकोठे,मान वहादुर राना मगर,फत्त वहादुर तमांग भूपाल भण्डारीले साहदत प्राप्त गरेका थिए । त्यस्तैगरी सागुरीगढी गाउपालिकाका मोहन लिंखा,जय वहादुर राई,श्याम कुमार राई,नरजित राई,श्याम वहादुर राई, केश वहादुर राई,बुद्धिलाल राई राजेन्द्र कुमार इवाहाङ्ग ,केश वहादुर राई मन कुमार राईले जनयुद्धमा साहदत प्राप्त गरेका थिए । यसैगरी शहिदभूमी गाउपालिका बाट नगेन्द्र राई,तिर्थ राई,आस वहादुर राई,तिलक राई,प्रकाश थापा,दल वहादुर राई ,लक्षु प्रसाद राई,चित्तकुमार राई लगायतले जिवन उत्र्सग गरेका हुन् । धनकुटा जिल्लाको छथरजोरपाटीका गणेश सुवेदी, रुद्र वाहादुर लिम्बु,डिक वहादुर तामाङ्ग र इन्द्र वहादुर लिम्बुले बलिदान दिएका थिए।
धनकुटा जिल्लाबाट प्रजातन्त्र स्थापना तथा गणतन्त्रको स्थापनाका लागि साहदत प्राप्त गरेका मध्य २०७२ साल फाल्गुण १९ गते पहिलो पटक नेकपा एमालेका तत्कालिन अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकारले भीम नारायण श्रेष्ठलाई राष्टिय शहिद घोषणा गरेका थिए । त्यस पछि नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाको नेतृत्वमा रहेको सरकारले २०७४ माघ ३ गते छिन्ताङ्ग हत्या काण्डकका १६ जना साहदत प्राप्त गरेका योद्धाहरु लगायत प्रजातान्त्रिक योद्धाहरु रामकृष्ण श्रेष्ठ,डगल सिंह लिम्बु,नारायण प्रसाद नोगु,प्रजालाल राई,बखतजंग पापो ,चैनपुरे कान्छा,गंगा प्रसाद जोशी,दिपक दाहाल,गोविन्द्र वालिङ्ग लगायतलाई राष्टिय शहिद घोषणा गरेका थिए । लोकतन्त्रको लागि जिवन बलिदान दिएर पनि शहिद घोषणा गर्न बाकी रहेका साहसिक योद्धाहरुलाई पनि राष्टिय शहिद घोषणा गर्नु पर्ने परिवाजन र सरोकारवाला सवैलेले वारम्वरा निरन्तर रुपमा माग गरिरहेका छन । यतिका बर्ष बिति सक्दा पनि संर्गै बलिदान दिएकाहरुलाई सरकारले शहिद घोषणा गुर्न तर बाकीलाई शहिद घोषणा नगरी बिभेद गरेकोमा परिवारजन र सरोकारवाले आक्रोस जनाउदै आएका छन ।
प्रजातन्त्रको स्थापना पछि जिल्ला विकाससमिति धनकुटाले शहिद भीम नारायण श्रेष्ठको धनकुटा वडा नं. ६ स्थित सिरानबजारमा सालिक निर्माण गरी शहिद भीम नारायण चौक नामाकरण गरेको छ । छिन्ताङ्ग हत्या काण्डमा मारिएका १६ जना शहिदहरुकोसम्मानमा छिन्ताङ्गको पञ्चकंया डाडामा शहिद स्र्मती र्पाक निर्माण गरेर १६ जनै योद्धाहरुको शालिक राख्ने काम गर्यो त्यसपछि बर्षै बिच्छे शालिकमा माला लगाउने र उनीहरुको परिवारजनलाई दोसल्ला ओढाउने काम मात्र भैरहेको छ । धनकुटा जिल्लाको राजनैतिक दलहरुको सहमती र सहकार्यमा छिन्ताङ्ग काण्डमा मारिएका योद्धाहरुकोसम्मानमा स्थानीय तहहरुको निर्माण गर्ने क्रममा खोकु छिन्ताङ्ग,आखिसल्लालाई समेटर गाँउपालिका निर्माण गरी त्यसको नाम शहिद भूमी गाउपालिका राखिएको छ ।
छिन्ताङ्ग हत्या काण्डको नामले पटक पटक कम्युनिष्ट पार्टीहरुले निर्वाचन जित्न सफल भए सांसद ,मन्त्रि ,पालिका प्रमुख,उपप्रमुख तथ वडाध्यक्षहरु पटक पटक भएता पनि शहिद परिवार भने जिवनमा कहिल्यै परिवर्तन आएन । छिन्ताङ्ग हत्या काण्डको नाममा जन गायक किशोर थुलुङ्गले गाउनु भएको खोकु छिन्ताङ्ग दुख्यो की अरुण सुसाउदा अन्धकारमा गोली चल्यो भन्ने गित चर्चित र लोकप्रिय बनेको छ भने पत्रकार गोपाल वराईले निर्माण गरेको काल रात्री फिल्म र पत्रकार जस कुमार राईले निर्माण गरे डकुमेन्टी पनि देश विदेशका लोकप्रिय भै सवैको मन जित्न सफल भयो । मुक्ति सेना धनकुटाका कमाण्डर २०१५ सालका एम पी दगल सेन लिम्बु,प्रजातान्त्रिक योद्धाहरु रामकृष्ण श्रेष्ठ,प्रजालाल राई,नारायण प्रसाद नोगु,बखतजंग पापो, डगल सिंह लिम्बुको चौविसे शहिद स्मृती पार्क हात्तिटार डाडाबजारमा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति जनक सेन लिम्बुको सक्रियतामा सालिक निर्माण गरी राखिएको छ ।
महान धनकुटेली योद्धाहरुको बलिदानको जगमा टकेर धनकुटाका विभिन्न राजनैतिक दलका नेताहरु मन्त्री,सांसद,पालिका प्रमुख,उप्रमुख,वडाध्यहरु पटक पटक बन्न सफल भई नेताहरुको जिवन परिवर्तन भयो शहिद परिवारजनमा कुनै परिवर्तमन आएन ज्युका तिउ । परिवारले देश र जनताका निम्ति साहदत दिएका दिन देखि अहिलेसम्म शहिदका परिवारहरु निरन्तर रुपमा आँशु पिउदै बाचिरहेका छन । धनकुटेली केही नेताहरको जिवनमा परिर्वनत भएता पनि धनकुटा जिल्लाका साहद प्राप्त गरेका योद्धाहरु हुन या शहिद परिवारहरु हुन वा छिन्ताङ्ग हत्या काण्डमा मारिएका अधिकांस शहिदपरिवारका सदस्यहरु भने दैनिक छाक टाट्न समेत हेम्बे हेम्वे छ ।
कम्युनिष्ट पार्टीको नाममा संगठिन भएर किसान विद्रोह गर्ने अभियानमा आन्दोलनको क्रममा छिन्ताङ्ग हत्या काण्डमा मारिएका ति विर योद्धाहरुलाई प्रजातन्त्रको स्थापना पछिदेखिनै वारम्वार राष्टिय शहिद घोषणा गरीसम्मान गर्न तिनका परिवार जन धनकुटाका सवै राजनैतिक दलहरुले माग गर्दै आएता पनि कम्प्युष्टि पार्टीकै नेताहरु मनमोहन अधिकारी,माधव नेपाल,झलनाथ खनाल,केवी ओली,प्रचण्ड,बाबुराम भट्टराई पटक पटक प्रधान मन्त्रि हुनु भयो तर कम्युनिष्टको नाममा मारिएका ति छिन्ताङ्ग हत्या काण्डकका योद्धाहरुलाई कम्युनिष्ट नेताको नेतृत्वमा रहेको सरकारले शहिद घोषणा गरेन नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाको नेतृत्वको कांग्रेस सरकारले ४० बर्ष पछि छिन्ताङ्ग हत्याकाण्डको विर योद्धाहरुलाई राष्टिय शहिद घोषणा गरेरसम्मान गरी बर्षै बर्ष देखिको धनकुटेलीको र उनीहरुको परिवारको माग पुरा गरि दिए ।
जनयुद्ध र २०६२-२०६३ सालको लोकतान्त्रिक आन्दोलनमा बलिदान दिएका योद्धाहरुलाई बिगतको सरकारहरुले पनि घोषणा गरेन अहिलेको दुई तिहाईको सरकारले पनि शहिद घोषणा गर्न कन्चुसाई गरीरहेको छ । के ले रोकेको छ सर्वशक्तिशाली दुई तिहाईको ओली सरकारलाई शहिद घोषणा गर्न सर्वत्र चर्चाको विषय बन्दै आएको छ । लोकतान्त्रिक योद्धाहरुको बलिदानबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तिनै योद्धाहरुको बलिदानको जगमा टेकर नेकपाले दुई तिहाई बहुमत ल्यायो शक्तिशाली सरकार बनाएर संचालन गरिरहेको छ तर कीन बलिदान दिने योद्धाहरुलाई राष्टिय शहिद घोषणा गदैैन ।लोकतान्त्रिक योद्धाहरुको बलिदानलाई किन अबमुल्यन गर्दैछ । शहिद घोषणा गर्न बाकि रहेका योद्धाहरुलाई शहिद घोषणा गर्न र शहिद घोषणा गरकालाई साहत उपलब्ध गराउन दुईतिहाईको सरकारलाई केले रोकेको छ ।
पटक पटक व्यवस्था परिवर्तन भयो पटक पटक नेता तथा सांसद मन्त्रीहरु फेरिए कयौ नेताहरुले त छिन्ताङ्ग हत्या काण्डको नाम भजाएरनै टिकट पाए निर्वाचन जिते सांसद ,मन्त्री,गाउपालिका प्रमुख ,उपप्रमुख तथा वडाध्यक्ष भए तर शहिद परिवार र शहिद भूमी खोकु छिन्ताङ्ग आखिसल्ला जस्ताकै जस्तै खासै सयम अनुसार अरुजस्तै विकास भए पनि जनु रुपमा हुनु पर्ने र राज्यले विशेष ध्यान दिनु पर्ने र संझनु पर्ने त्यो भएको छैन ।
(लेखक शहिद स्मृती प्रतिष्ठानका महासचिव, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष हुन्।)