arrow

कारधनीको कार सिकाउँदा मृत्यु, बैंकका प्रबन्धक पाण्डेय घाइते

logo
प्रकाशित २०७६ माघ २४ शुक्रबार
accident-final.jpeg

बैतडी । कार सिकाउँदै गर्दा दुर्घटना हुँदा बिहीबार राति एक जनाको मृत्यु तथा एक घाइते भएका छन् । 

मृत्यु हुनेमा कारधनी दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । 

दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन् । 

बा६प ९१९९ नंको सो कार दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित घुसल्ला मोड नजिककै निर्माणाधीन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटनामा परेको हो । 

दुर्घटनाग्रस्त कार मैदानभन्दा करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ