अंक तालिका, लिभरपुलको कीर्तिमान
जितसँगै लिभरपुलले २५ खेलबाट ७३ अंक जोडेको छ । लिभरपुलले शीर्ष स्थानमा २२ अंकको अग्रता बनाएको छ ।
जितपछि लिभरपुलले घरेलु मैदानमा लगातार २० खेलको जितको कीर्तिमानसँग बराबरी गरेको छ । यसअघि म्यानचेस्टर सिटीले घरेलु मैदानमा लगातार २० खेल जित्ने कीर्तिमान बनाएको थियो ।
दोस्रो स्थानको म्यानचेस्टर सिटीको २४ खेलबाट ५१ अंक रहेको छ । तेस्रो स्थानको लेस्टरको ४९ अंक छ । चौथो चेल्सीको ४१ अंक मात्रै छ । शेफिल्डको ३६ र छैटौं म्यान्चेस्टर युनाइटेडको ३५ अंक छ ।