arrow

मौसममा अलमल 

logo
प्रकाशित २०७६ माघ १७ शुक्रबार
weather11.jpg

काठमाडौं । बिहीबार सुधारिएको मौसम फेरि बिग्रिएको छ । बिहीबार बिहानैदेखि घाम लागे पनि शुक्रबार भने फेरि बिग्रिएको हो । 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अनुसार हाल देशको मध्य तथा पूर्वी पहाडी भूभागमा आशिंकदेखि सामान्य बदली भएको छ भने मध्य तथा पुर्वी तराई भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ। पश्चिमी भूभागको थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ।

बदली मध्यान्हपछि खुल्दै जानेछ । तर अपरान्हपछि हल्का बर्षाको सम्भावना रहेको छ । 

नगरकोटीका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का वर्षाको सम्भावना रहेको छ।  

तर राति भने सामन्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। तर शनिबार दिउँसो भने देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

काठमाडौं उपत्यकामा घाम लाग्दै जानेछ । न्यूनतम तापक्रम बिहान ४ डिग्री सेल्सियस रहेको थियो । अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने छ । 

उपत्यकामा बिहान मौसम बिग्रिए पनि हवाइ उडानमा भने समस्या नभएको बताइएको छ । 


यस्तो छ शनिबार र आइतबारको पूर्वानुमान

माघ १८ गते (शनिबार)

दिउँसोः देशभर आशिंकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

रातिः उच्च पहाडी तथा हिमाली भूभागमा आंसिकदेखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १९ गते (आइतबार)

दिउँसोः पुर्वी तथा मध्य पहाडी भूभागमा आंसिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ