प्रम ओलीको प्रश्न- ब्लयाकमेलरका कारण गोकर्ण रिसोट बन्द गर्नुपर्ने ?
प्रकाशित २०७६ माघ १५ बुधबार
572
Shares
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा शुरु भएको छ । पार्टी एकता भएको डेढ वर्षपछि भएको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरिरहेका छन् ।
यती होल्डिङ्ग्सका बारे प्रधानमन्त्री ओलीले आफ्नो पक्षबाट स्पष्ट पार्न प्रयास गरेका छन्। नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले नेकपा यतींसंग सती जाने हो ? भनेर वालुवाटारमा प्रश्न गरेका थिए। यती होल्डिङ्सको कुरालाई लिएर नेकपा भित्र नि ठूलै हलचल भएको छ।
“व्यापारिक घरानाबीचको अस्वस्थ प्रतिष्पर्धामा हामी पर्दैनौं । देशमा कसैले विकासका काम राम्रोसँग अघि बढाउन् भन्ने चाहन्छौं,” उनले भने, “कानुनभन्दा विपरीत जान दिँदैनौं । गोकर्ण रिसोर्ट दरबारले विदेशीलाई लिजमा दिएको थियो । अहिले नेपालीलाई दिइएको छ । के फरक पर्यो त? एउटा ब्ल्याकमेलरले ब्ल्याकमेल गर्न पाएन भनेर गोकर्ण बन्द गर्नुपर्ने हो ? समय नसिध्दिधै किन ? भन्ने प्रश्न आयो । हामी बन्द गर्ने नीतिमा जाने हो र ?” प्रधानमन्त्री ओलीले आफुलाई स्पष्ट पार्न खोजेका छन्।
प्रधानमन्त्री ओलीले सरकारका यसबीचका काम र उपलब्धिबारे कुरा गरे । नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यतालिका छ ।
यस्तै विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन् । विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो ।