arrow

प्रहरीको घेराभित्रै गाउँपालिका प्रमुख कुटिइन् ?

logo
विशन क्षेत्री,
प्रकाशित २०७६ माघ १५ बुधबार
omkala_chalise_11.jpg

पोखरा । माघ ७ गते नवलपुर बर्दघाट सुस्तापूर्व जिल्लाको हुप्सेकोट गाउँपालिकाको दुर्घटना प्रकरणले संसदमा राजनीतिक रुप लिएको छ । माघ ७ गते हुप्सेकोट गाउँपालिकाको ग १ झ ३८९ नम्बरको गाडीले ठक्कर दिँदा दीप गाहा मगरको निधन र चारजना घाइते भएका थिए । दुर्घटना हुने गाडी गाउँपालिकाका प्रशासन शाखाका अधिकृत  शिवप्रसाद सुवेदीले चलाएका थिए । सिकारु सुवेदी त्यसयता फरार छन् ।

बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयहरुले गाउँपालिकामा नै तालाबन्दी गरे । बालकको मृत्युपछि चर्किएको आन्दोलनलाई मत्थर पार्न पुगेकी गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेमाथि हातपात र आक्रमण पनि भयो । जसले गाडी चलाएको हो ती व्यक्ति भने फरार छन् ।

प्रहरीको घेराभित्रै गाउँपालिकाका प्रमुख कुटिएको भन्दै कांग्रेस सांसद ओमकला गौतम चालिसेले सोमबार प्रदेशसभाको विशेष समयमा बोल्दै संसदको ध्यानाकर्षण गराएकी थिइन् । “महिला भएकै कारणले हो वा, फरक दल भएको कारणले हो, प्रहरीको घेराभित्र एक गाउँपालिका प्रमुख कुटिनु भनेको यो प्रदेशको मुख्यमन्त्री कुटिनु हो, नेपालको प्रधानमन्त्री कुटिनु हो । प्रहरीले सुरक्षा दिन सकेन । घण्टौंसम्म अध्यक्षमाथि गाली बेइज्जति भो । ढुंगामुढा पनि हानियो । प्रशासन कहाँ छ ?” उनले प्रश्न गरेकी थिइन् । यस्तै, दोषीलाई कारवाहीको मागसहित पीडितलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च दिन उनले माग राखिन ।

त्यस्तै, मंगलबारको प्रदेशसभा बैठकमा नवलपुरकै अर्का नेकपाका सांसद रोशन गाहा मगरले विशेष समयमा नै, “गाउँपालिका प्रमुख माथि कुटपिट नभएको र गाडी चालक फरार भएको, लुकेको कि लुकाइएको ?” भन्ने प्रश्न उठाएपछि यो विषयले राजनीतिक रुप लिएको हो ।

गाहाले संसदमा बोल्दै भने, “कुटपिट भन्ने गलत हो, कहाँ एउटा जनप्रतिनिधीलाई त्यहीँको पब्लिक जसले अमूल्य मत दिएर निर्वाचित गरेको जनप्रतिनिधीलाई पनि कसैले हातपात गर्छ ?”

सांसद गाहाले भने, अस्पतालमा जाने एमआरआइ गर्ने उपचार गर्न जाने अर्कै कुरा रहेको बताए । राजनीतिक पृष्ठभूमि फरक भएकै कारण चालकलाई लुकाइएको उनले दाबी पनि गरे ।

“सात वर्षको बालक दुर्गम पहाड क्षेत्रबाट आएको सात वर्षको बालक आमाको काखमा किल्चिएर मरेको छ, चारजना घाइते पनि भएका छन्, अर्काको घरमा पनि हानेको छ । उनी आफैले (गाउँपालिका अध्यक्ष) अपर्झट बेठक राखेर क्षतिपूर्ति र घाइतेको उपचार गर्ने कुरा, कसले चलाएको हो ? आफैले राखेको जीत बहादुर भन्ने ड्राइभर एक नम्बरको छ । उसलाई फरक राजनीतिक आधार भएकै कारण लुकाइएको हो । नत्र लुक्ने र लुकाउनुपर्ने जरुरी नै छैन् ।” उनले भने ।

यता, पाण्डेले भने प्रहरीको घेराभित्रै आफूमाथि कुटपिट भएका कारण जिल्ला प्रहरी कार्यालयमा आइतबार किटानी जाहेरी समेत दिएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ