arrow

बसमा धोनीको सिटमा किन कोही बस्दैन ? 

logo
प्रकाशित २०७६ माघ १४ मंगलबार
dhoni2.jpg

काठमाडौं । भारतीय पूर्व क्रिकेट कप्तान महेन्द्र सिंह धोनी बस्ने सिटमा अहिलेसम्म कोही पनि बसेका छैनन् । क्रिकेट टिमको बसमा धोनीको सिट खाली छाडिएको छ । 

धोनी ६ महिनादेखि क्रिकेटबाट टाढा छन् । तर उनी बस्ने बसको सिट खाली राखिएको हुन्छ । भारतीय स्पिनर युजभेन्द्र चहलको एक भिडियो भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सेयर गरेको छ । जसमा चहलले धोनी बस्ने सिट देखाएका छन् । 

गत जुलाई ९ तारिखमा विश्वकप क्रिकेटका बेलामा न्यूजिल्याण्ड विरुद्ध खेलेपछि धोनी क्रिकेट खेल्न मैदानमा उत्रिएका छैनन् । 

बीसीसीआईले आधिकारिक ट्वीटर ह्यान्डिलमा भिडियो पोष्ट गरेका हुन् । चहलले भनेका छन्, ‘जहाँ लेजेन्ड बस्थे, माही भाइ, अब यहाँ कोही बस्दैन । हामीले उनलाई धेरै मिस गरेका छौं ।’ 

के माही फर्केलान् त फेरि मैदानमा ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ