arrow

मौसमले फेरि अत्यायो, भिजिबिलिटी कम हुँदा जनजीवन अस्तव्यस्त

logo
प्रकाशित २०७६ माघ १४ मंगलबार
weather.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार बिहान हुस्सु र कुहिरो लागेको छ । एकाएक भिजिबिलिटी कम हुँदा भने बिहान जनजीवन अस्तव्यस्त भयो । सवारी साधनलाई सडकमा समस्या भयो भने हवाइ उडानसमेत बिहान प्रभावित भयो । 

बिहान ६ः४५ मा भिजिबिलिटी ८०० मिटर रहेकामा ७ बजेदेखि त्यो निकै घटेको थियो । तर पछि बिस्तारै सुधार हुँदा ८ः४२ मा मात्र उडान सम्भव भएको थियो । 

काठमाडौंमा वर्षा नभए पनि बदली भने भइरहने मौसमविद् शान्ति कँडेलले बताएकी छिन् । उनका अनुसार बुधबार काठमाडौंमा पनि हल्का वर्षा हुन सक्नेछ । 

उपत्यका बाहिर सामान्य हुस्सु र कुहिरो लागेको छ । देशभर अधिकांश स्थानमा बदली भइरहने कँडेलले बताइन् ।  तराईमा पनि समस्या भइरहेको छ । 

पश्चिममा हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाकी मौसमविद् कँडेलले बताइन् । बुधबार पनि वर्षा हुन सक्ने उनले बताइन् । 

बिहीबारदेखि पश्चिममा सुधार हुँदै जानेछ भने पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर जानेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ