सरकार र प्रतिपक्षी दुबैका कारण नागरिक कमजोर: गगन थापा
सन्जय भट्टराई,
प्रकाशित २०७६ माघ १३ सोमबार
764
Shares
नवलपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सरकार जवाफदेहि नभएको र प्रतिपक्ष जिम्मेवार नभएको बताएका छ्न। पूर्वी नवलपरासीमा देवचुली जेसिसको पद हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले सरकार र प्रतिपक्ष दुवैको कारणले नागरिक बलियो हुन नसकेको उल्लेख गरे।
नागरिकको अपेक्षा विपरित वर्तमान केपी ओली नेतृत्वको स्थिर सरकार खरो उत्रन नसकेको थापाले बताए। फरक प्रसंगमा बोल्दै थापाले विधीको शासन हुनु पर्ने कुरामा जोड दिएक। राजाको शासन, बहुदलीय प्रजातन्त्र, माओवादी विद्रोह लगाएतका सबै कुरा देख्दै भोग्दै आएको नेपाली समाजले प्रजातान्त्रिक मुल्यमान्यता भन्दा बाहिरको शासन व्यवस्थाको कल्पना नगर्ने थापाले बताए।
वर्तमान केपी ओली नेतृत्वको सरकार विधीको शासन छोडेर विधि द्वारा शासन गर्ने तर्फ अग्रसर भएको थापाको आरोप थियो। वर्ष २०२० का लागि हरिप्रसाद पोख्रेलको अध्यक्षतामा गठित देवचुली जेसिजको नयाँ कार्यसमितिले सोमबारबाट पदभार ग्रहण गरेको हो।
कार्यक्रममा कांग्रेस नेता महेन्द्रध्वज जिसि, देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठ लगाएतका नेतृत्वको उपस्थितिमा देवचुली जेसिजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।