arrow

राष्ट्रकल्याणको कामना गर्दै ३०० बौद्ध अनुयायी

logo
रासस,
प्रकाशित २०७६ माघ ९ बिहिबार
buddha.jpg

काठमाडौं। राष्ट्रकल्याणको कामना तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै आज विशेष बुद्ध पूजा गरिएको छ। बुद्धवचन अनुवाद समिति र तमु बौद्ध सेवा समितिले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा विद्वान्बाट प्रज्ञापारमिताको पाठ गरिएको हो।

बौद्ध गुरु टुल्कु धमछोयले विशेष पूजा गरी करिब ३०० बौद्ध अनुयायीलाई आयु अभिषेकको प्रवचनसमेत दिए। बौद्ध साहित्यको सूत्रपिटकअन्तर्गत पर्ने उक्त प्रज्ञापारमितामा शून्यताको दार्शनिक विषय समेटिएको छ।

कुनै पनि व्यक्ति तथा वस्तुको स्वतन्त्र अस्तित्व हुँदैन, अरु वस्तुमा निर्भर हुने गर्दछ भन्ने सन्देश यसमा दिइएको छ। शान्ति कायम गर्न क्रोध, मोहलाई न्यूनीकरण गरी अहिंसाको वातावरण बनाउन सकिने बौद्ध शिक्षामा उल्लेख गरिएको छ।

बौद्ध विद्वान् टीका शेर्पाले यस किसिमको पूजाले सकारात्मक ऊर्जा उत्पन्न गरी अनुयायीलाई सत्मार्गमा लाग्न प्रेरित गर्ने हुँदा शान्तिपूर्ण वातावरण निर्माण भई सबैको कल्याण हुने बताए। उनले करिब रु चार करोडको लागतमा प्रज्ञापारमितालाई भोट भाषाबाट नेपालीमा अनुवाद गर्न लागिएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ