arrow

क्यान्सरसँग लडिरहेका प्रतिपक्ष दलका नेता पोखरेलको निधन

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ माघ ६ सोमबार
baldev.png

बुटवल ।  प्रदेश नं. ५ प्रदेशसभाका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोख्रेलको निधन भएको छ । सोमबार १:३० बजे पोख्रेलको रुपन्देहि तिलोतमा नगरपालिका स्थित आफ्नै निवासमा निधन भएको हो । पोखरेल एक वर्षदेखि अस्पतालमा क्यान्सरसँग लडिरहेका थिए । क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो साढे १ बजे रुपन्देहीको तिलोत्तमा १४ खैरियास्थित आफ्नै निवासमा निधन भएको हो ।

पोखरेललाई गत वर्ष माघमा छातीमा क्यान्सरको संक्रमण देखिएको थियो । र पछिल्लो समय शरीरभर फैलिएको थियो । लामो समय नर्भिक अस्पताल काठमाडौं र पछिल्लो समय रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराएका शर्मालाई हालै मात्र घर लगिएको थियो ।

१९९४ सालको माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका थिए  । उनी प्रदेशसभाकै जेष्ठ सदस्यसमेत थिए । जेष्ठ सदस्य पोखरेल प्रदेश पाँचको पहिलो सभामुख थिए ।

२०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका पोखरेल २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल परेका थिए  । २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव भएका पोखरेल कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यसम्म भए ।

२०२० सालदेखि रुपन्देहीको खैरियामा बस्दै आएका पोखरेलका पत्नी, चार छोरा र दुई छोरी छन् ।

विक्रम सम्वत १९९५ साल माघ १९ गते जन्मिएका पोखरेल बुटवलको तिलोत्तमा नगरपालिका वडा नं. १८ का स्थायी बासिन्दा हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ