arrow

चिसोबाट प्रभावित ३५ अति विपन्नलाई कम्बल वितरण

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ १ बुधबार
kambal3.jpg

धनुषा । धनुषाका मिथिला बिहारी नगरपालिका वडा नम्बर ६ सिरसियामा अत्यधिक चिसोले जनजीवन प्रभावित हुन थाले पछि बुधबार ३५ जना अति विपन्न गरिब असहायलाई कम्बल वितरण गरेको छ।

 माघे संक्रान्तिको उपलक्ष्यमा मांलक्ष्मी युवा कमिटीद्वारा कम्बल वितरण गरिएको कमिटीका अध्यक्ष राम भरोष यादबले जानकारी दिएका छन ।

केही दिन यता लगातार शितलहर चल्दा विपनन गरिब असहाय जेष्ठ नागरिक दलित र सुत्केरी महिलाहरुलाई असहज भईरहेको अवस्थामा सहयोग गरिएको हो ।

 राम भरोष यादबको सक्रियता सुबोध कुमार यादब, राम केवल यादब, पप्पु कुमार यादब, उदित नारायण यादब, दिपक रजक, राम लोचन यादब, बिपिन कुमार साह, भरत ठाकुर शर्मा, राज कुमार यादबको सहयोगमा कम्बल वितरण गरिएको हो ।

कम्बल बितरण कार्यक्रममा प्रमुख अतिथिमा पुर्व सासंद प्राडा चन्द्र मोहन यादब, वडाध्यक्ष राम प्रकास यादब, नेपाली कांग्रेस मिथिला बिहारी नगरपालिका का साभापति राजेन्द्र प्रसाद यादब लगायतको उपस्थित थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ