arrow

पितृमोक्ष महायज्ञको उदघाटन पूर्व राष्ट्रपतिले गर्ने, केदारनाथका पिठाधीशद्वारा देबघाटमा स्नान गरि विशेष पुजा

महायज्ञ

logo
आशिष् रेग्मी,
प्रकाशित २०७६ पुष २२ मंगलबार
yadhav-pithadhis.jpg

चोरमारा । पूर्व राष्ट्रपति डा.रामवरण यादब यहि पौष २७ गते नवलपुर आउदै छन् । नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं ७ स्थित नबजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमद्भागवत पितृमोक्ष एबं धनधान्याचल ज्ञान महायज्ञको उदघाटन गर्न पूर्व राष्ट्रपति डा. रामवरण यादब आउने भएका हुन्  ।

पौष २७ गते देखि माघ ६ गतेसम्म संचालन हुने महायज्ञको उदघाटन गर्न पूर्व राष्ट्रपति डा.रामवरण यादब नवलपुरको चोरमारा आउन लागेको  नबजागरण बहुमुखी क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्किले बताए ।

 महायज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजको पनि बिशेष उपस्थिति हुदैछ । उनी (जगतगुरु)मकर सक्रान्तिका दिन देबघाटमा स्नान गरि यज्ञ स्थलमा उपस्थित भई माघ ५ गतेसम्म पितृमोक्षका लागि विशेष पुजा गर्ने कार्यक्रम रहेको छ । बिश्वका वैदिक सनातन धर्मावलम्बीले जानेर या नजानेर,बुझेर वा नबुझेर पाँच जना शिवाचार्यलाई पुज्ने गर्दछन् ।

केदारनाथ पिठाधिश यिनै पाँच मध्येका १ हुन् जसलाई भारतमा भगवानकै रुपमा पुज्ने गरिन्छ । यस महायज्ञमा तिनै शिवाचार्य आएर चोरमारास्थित क्याम्पस प्राङ्गणमा नै केदारनाथमा जस्तै पितृमोक्षका लागि बिशेष पुजा गर्नेछन् ।

हिन्दु धर्मावलम्बीहरु खासगरी नेपाली पितृमोक्षका लागि नेपाल तथा भारतका विभिन्न शक्ति पिठ एवं धार्मिक स्थल धाउने गर्दछन् । एकातिर ठूलो रकम खर्च, अर्कातिर लामो समय ब्यवस्थापनको झन्झट। अब त्यो समस्या नरहने भएकाले अथवा भनौ नेपालीहरु  पितृमोक्षका लागि जहाँ जाँदा सन्तुष्ट हुन्छन् र आफ्ना पितृले मोक्ष प्राप्त गरे भनेर तृप्त हुन्छन् त्यही शक्ति पिठका पिठाधिशद्वारा पितृमोक्षका लागि यहाँ नै बिशेष पुजा हुने भएका कारणले पनि आयोजकले यस महायज्ञलाई फरक र वैदिक सनातन धर्मावलम्बीको लागि यौटा अबसरको रुपमा ब्याख्या गरेको छ ।

स्नातकोत्तर कक्षा संचालन ,स्नातक तहमा स्तरीय प्राबिधिक शिक्षा, सुबिधासम्पन्न क्याम्पस संचालनार्थ आयोजित महायज्ञमा विभिन्न दुर्घटनाका कारण अल्प आयुमै मृत्युबरण गरेका मानिसहरुको आत्माशान्तिका लागि नारायणवलि सहितको पुजा गरिने आयोजकले बताएको छ ।

भागवत अलङ्कार पदबिले बिभुषित पं नेत्र प्रसाद पराजुलिको प्रमुख बाचकत्वमा नबजागरण बहुमुखी क्याम्पस चोरमाराको प्राङ्गणमा महायज्ञ संचालन हुदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ