सेनाको हेलिकप्टरबाट जनकपुरधाम पुगे भारतका केन्द्रीय मन्त्री
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष १७ बिहिबार
493
Shares
जनकपुरधाम । छिमेकी मुलुक भारतका केन्द्रीय संस्क़ृति तथा पर्यटनमन्त्री प्रह्लाद पटेल जनकपुरधाम भ्रमणमा आइपुगेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० को दोस्रो दिन बिहीवार भारतका मन्त्री पटेल नेपाल आएका हुन्। मन्त्री पटेलले जनकपुरस्थित जानकी मन्दिर दर्शन गरेका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार जनकपुरधाम विमानस्थल पुगेका पर्यटन मन्त्री पटेललाई प्रदेश नम्बर दुईका उद्योग तथा पर्यटन मन्त्री राम नरेश रायले स्वागत गरेका थिए।
मन्त्री पटेलको स्वागतलगत्तै उनी जानकी मन्दिर दर्शन पुगेका थिए। जानकी मन्दिर दर्शनपछि मन्त्री पटेलले प्रदेश नम्बर दुईका मन्त्रीहरुसँग भेटघाट गरेका छन् ।
सो अवसरमा वृहत्तर जनकपुर क्षेत्र विकाष परिषदका अध्यक्ष शालिग्राम सिंह, प्रदेश नम्बर दुईका पर्यटन मंत्रालयका सचिव डा प्रेम नारायण कँडेल, प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेल, धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, नेपाल भ्रमण वर्ष- २०२० प्रदेश नम्बर दुई समन्वय समितिका संयोजक मनीष झा लगायतका अधिकारीहरु उपस्थिति रहेको थियो।