arrow

१७ गतेको कांग्रेस बैठकमा आउला संस्थापन इतर ?

logo
प्रकाशित २०७६ पुष १५ मंगलबार
congress-meeting-2019.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक १७ गते दिउँसो २ बजे बस्ने भएको छ ।  पार्टीका संस्थापन इतरले बहिष्कार गरेकै समयमा निर्णय भएपछि बस्न लागेको यो पहिलो बैठक हो।

पार्टीको महाधिवेशनको कार्यतालिका, महासमिति बैठकको निर्णय बिपरित विभागहरु बढाउने लगायतका बिषयमा असहमति जनाउदै संस्थापन इतरका पक्षले यस अघि बैठक बहिष्कार गरेको थियो ।

बहिष्कारका बिच सभापति शेरबहादुर देउवाले माथिका बिषयमा निर्णय गराएका थिए ।

सो निर्णयप्रति नेताहरु बिच आरोप प्रत्यारोप बढेको छ भने ध्रुविकरण भइरहेको छ ।

१७ गतेको बैठकमा यसअघि बैठक बहिष्कार गर्ने संस्थापन इतर पक्ष सहभागी हुने नहुने बारेमा प्रष्ट छैन ।

पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले १७ गतेका बैठकमा सबै पदाधिकारी तथा केन्द्रीय पदाधिकारी उपस्थीत हुने विश्वास व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ