arrow

जन्मिएको २ महिना मै बालकको कलेजो प्रत्यारोपण, ५० लाख बढी खर्च भएपछि सहयोगको अपिल

“शिवांश बचाऔं अभियान”, कलेजो दिएका बुबा समेत बेड मै

logo
प्रकाशित २०७६ पुष १५ मंगलबार
apil.jpg

बैतडी । नेपाल पत्रकार महासंघ बैतडीका सदस्य तथा रेडियो निंग्लाशैनीका प्रबन्ध निर्देशक बैतडीको सुर्नया गाउँपालिका ६ का महेश प्रसाद अवस्थीका २ महिने छोरा शिवांशको कलेजो प्रत्यारोपण पश्चात गएको १ महिनादेखि भारतमा उपचार भइरहेको छ ।

गएको असोज २४ मा काठमाडौंको हेम्स हस्पिटलमा जन्मिएका शिवांशको १४ औं दिनमा पेट फुलेजस्तो भएको र केही दिन काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरियो । शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछी थप उपचारका लागि भारत लगियो । शिवांशको त्यहाँ कलेजो प्रत्योरोपण गर्नुपर्ने देखियो।

बालकको कलेजो प्रत्यारोपण गर्दा ५० लाख बढी खर्च भइसकेपश्चात अवस्थीले सहयोगको अपिल गरेका थिए । भारतको चेन्नईमा रहेको डा. रेला इन्सच्युट एण्ड मेडिकल सेन्टर लिभर ट्रान्सप्लान्ट हस्पिटलमा शिवांशका बुवा महेशले छोरालाई कलेजो दान दिएकोले उनी पनि हाल बेड रेस्टमा रहेका छन्। डाक्टरले अझै १ महिना अस्पतालमै बस्नुपर्छ भनेपछी उनले सहयोगको लागि हारगुहार गरेका छन्  ।

२ महिने बालक “शिवांश बचाऔं अभियान” अन्र्तगत दुई दिनमा १ लाख ५२ हजार बढी संकलन भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आइतवारदेखि सुरु भएको अभियानमा सोमवारसम्म १ लाख ५२ हजार १८६ रुपैंया संकलन अभियानकर्ता महेश भट्ट जानकारी दिए ।

उक्त संकलित रकम नेपालमा रहेका नागरिकवाट संकलित भएको रकम रहेको उनले बताए । नेपालबाहिर पनि सामाजिक सञ्जालमार्फत उक्त अभियान जारी रहेको भट्टको भनाई छ ।

शिवांशको उपचारमा धेरै रकम लाग्ने भएकाले सहयोगी महानुभावहरुले महेशप्रसाद अवस्थीको एनसीसी बैंक बैतडीमा रहेको खाता नम्बर ०२०००००१६४४१०, बैतडीमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ३१०७०१०००९९४७ र नेपाल इन्भेष्टमेन्ट बैंक सतबाँझ बैतडीको खाता नम्बर ०६५०५०५२५४११३ रकम जम्मा गर्न सक्नु हुनेछ ।

सहयोग संकलन गर्न पत्रकार महासंघले पहल गर्ने
यसैबिच शिवांश अवस्थीको उपचारका लागि नेपाल पत्रकार महासंघ बैतडीले पहल गर्ने भएको छ । महासंघको सोमवार बसेको बैठकले शिवांशको कलेजो प्रत्यारोपण गरिएको र आर्थिक सहयोग आवश्यक भएकाले महासंघका सबै शाखालाई सहयोगका लागि आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै महासंघका उपाध्यक्ष अमरराज भट्टराईको संयोजकत्वमा ३० सदस्यीय आर्थिक सहयोग संकलन समिति पनि गठन गरेको छ । महासंघका अध्यक्ष प्रेमसिंह भाटको अध्यक्षतामा बसेको बैठकले शिवांसको उपचारका लागि सबै तहका सरकार, संघसंस्था र शुभेच्छुकहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

अभियानमा प्रवासी युवाको साथ
“शिवांश बचाऔं अभियान”मा प्रवासी नेपाली युवाहरुले साथ दिएका छन् । रोजगारीको सिलशिलामा भारत तथा कोरियामा रहेका नेपाली युवाहरुले पनि सहयोग रकम संकलन गरिरहेका छन् । भारतमा मेची महाकाली प्रवासी समाज नेपाल भारत ट्रष्टले सहयोग रकम संकलन गरिरहेको ट्रष्टका उपाध्यक्ष पुस्करराज जोशीले जानकारी दिए । शिवांशको जीवन रक्षाका लागि नेपाली प्रवासी युवाहरुले सहयोग गरिरहेका भारतवाट विरेन्द्र विष्टले बताए ।

यस्तै रोजगारीकै सिलशिलामा कोरिया रहेका नेपाली युवाहरुले पनि अभियानमा साथ दिएका हुन् । कोरियामा रहेका जितेन्द्र महताले अभियान नै सञ्चालन गरेर आर्थिक सहयोगको अनुरोध गरिरहेका हुन् ।

सहयोगीहरु

१) महेश भट्ट- ५०००/-
२) मान बहादुर चन्द - १५००/-
३) देब दत्त ओझा- २५००/-
४) इश्वर बोहरा - ३०००/-
५) मोहन बहादुर चन्द - ४५००/-
६) शुरेश महरा - ३०००/-
७) शिभ प्रसाद भट्ट - ५५००/-
८) बिनोद बिष्ट -३०००/-
९) भगिरथ अवस्थी - ६०००/-
१०) दिपक सिंह महरा - ३०००/-
११) गोकर्ण बोहरा - ३०००/-
१२) जयराज अवस्थी - ३०००/-
१३) सि पि लोहिया - ६०००/-
१४) सुनिता भुल- १०००/-
१५) कबिराज भट्ट - ५००/-
१६) भवानी भट्ट- १००००/-
१७) धर्मराज खत्री १५००/-
१८) सुर्य प्रसाद शर्मा- ५०००/-
१९) नैनसिंह गोयला- ५०००/-
२०) सन्तोष पाण्डेय - ५०००/-
२१) रुपेस सिंह कार्की - १०,०००/-
२३)राजेन्द्र कार्की - २५००/-
२४) हरिश चन्द्र बाग - २५७५/-
२५) लोकेन्द्र सिंह महता- १००००/-
२६) भोज राज अवस्थी - २०००/-
२७) नवीन राज अवस्थी - ७,०००/-
२८) सरला पन्त - १०,०००/-
२९)हरि शंकर जोशी- १०,०००/-
३०) दशरथ राम वड - २,५००/-
३१) गजेन्द्र बहादुर चन्द - १५,१०५ /-
३२) सन्तोष थापा -१,५००/-
३३) आनन्द सिंह थापा- १,१११/-
३४) रमेश भट्ट - २,०००/-
३५) जय सिंह धामी -२,०००/-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ