नेकपा निकट प्रेस संगठनमा नरहने घोषणा गरे रुकुमका पत्रकारले
चिना विक,
प्रकाशित २०७६ पुष १३ आइतबार
678
Shares
रुकुम । रुकुम पश्चिममा केही पत्रकारहरु प्रेस संगठन नेपालमा नरहने घोषणा गरेका छन् । आईतबार तत्कालिन प्रेस चौतारी नेपालका केही पदाधिकारी र सदस्यहरुले विज्ञप्ती जारी गदै प्रेस संगठनमा नरहने घोषणा गरेका हुन् ।
तत्कालिन प्रेस चौतारी नेपाल र प्रेस संगठन नेपालबीच एकता पछि बनेको प्रेस संगठन नेपालको कर्णाली प्रदेश कार्यसमितिमा सिफारिसका क्रममा जिल्लामा क्रियाशिल संगठनका केहि पत्रकारलाई अन्याय गरेको भन्दै तत्कालिन प्रेस चौतारी नेपालका उपाध्यक्ष भिमसिजन ओली लगायतका ८ जनाले विज्ञप्ती मार्फत असन्तुष्टि व्यक्त गर्दै संगठनमा नरहने बताएका हुन् ।
संगठनको बिधी, विधान, प्रक्रिया तथा मापदण्डलाई समेत बेवास्ता गर्दै संगठन भित्रका जिम्मेवार तर आफुलाई मात्र सर्वेसर्वा ठान्ने ब्यक्तिबाट संगठनको मर्म र भावना बिपरित कार्य गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जिल्लामा एक दशकदेखि पत्रकारीतामा क्रियाशिल र संगठनका अनुभबी व्यक्तिलाई पाखा लगाउदै आफु निकटलाई प्रदेश कार्य समितीमा सिफारिसप्रति असन्तुष्टी विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् ।
संगठन भित्र कुनै छलफल नगरि मनपरि ढंगले गरिएको निर्णयले लोकतान्त्रीक मुल्य, मान्यता र अभिब्यक्ति स्वतन्त्रतामा समेत ठूलो असर परेको पूर्व प्रेश चौतारीका उपाध्यक्ष भिमसिजन ओलीले बताए ।
संगठन भित्रको एकलौटी राजनिति र मनोमानि प्रवृतीलाई कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने भन्दै अब बन्ने प्रेस संगठन नेपालको जिल्ला कार्य समिती र संगठनको कुनै पनि जिम्मेवारीमा नरहने उनीहरुले जनाएका छन् ।