arrow

सभामुखको बिषयमा भएन निर्णय

logo
प्रकाशित २०७६ पुष १३ आइतबार
secretraite-meeting.jpg

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा बसेको बैठक कुनै निर्णय नगरी सकिएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा विचार विमर्श भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

सभामुखका लागि त्रिकोणिय भिडन्त हुने देखिन्छ । पूर्व सभामुख सुवास नेम्वाङ, अग्नि सापकोटा र उपसभामुख शिवमाया तुम्बाहाङफेबीच भिडन्त भइरहेको बुझिन्छ । नेम्वाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले, सापकोटालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र तुम्बाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बोकेका छन् ।

बलात्कार प्रयासका आरोपी निवर्तमान सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते नै सभामुखबाट राजीनामा दिएका थिए । उनी पूर्पक्षका लागि जेलमै छन् ।

गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो । सो विषयमा बैठकमा छलफल भए पनि निर्णय भने नभएको बताइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ