arrow

कठयाङ्ग्रियो मुलुक, यस्तो छ अवस्था

logo
प्रकाशित २०७६ पुष १३ आइतबार

काठमाडौं । मुलुक चिसोले कठयाङ्ग्रिएको छ । चिसोले देशैभरमा असर पुगेको छ । तापक्रम घट्दै गइरहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई झनै कठयाङ्ग्रिएको छ । तराईमा सीतलहर जारी छ । कुनै कुनै स्थानमा त दुई हप्तादेखि घाम नै लागेको छैन । 

महाशाखाले हाल तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको बताएको छ । 

महाशाखाले आगामी २४ घण्टासम्म तराईका भूभागहरुमा अपरान्हसम्म बाक्लो हुस्सु रकुहिरो रहने हुनाले राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आई चिसो नै रहने देखिने बताएको छ । तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

महाशाखाले मौसमका कुनै फेरबदल भएर नभई चिसोका कारण परिवर्तन भइरहेको बताएको छ ।
काठमाडौंमा न्यूनतम तापक्रम १ डिग्री सेल्सियस पुगेको छ । आइतबार बिहान मापन गरिए अनुसार जुम्लापछि काठमाडौंलाई चिसो देखाइएको हो । 

जुम्लाको तापक्रम घटेर माइनस ५.५ डिग्री रहेको छ । दिपायलमा २.६, डडेलधुरामा २.७, धनगढीमा ७, विरेन्द्रनगरमा २.४, नेपालगञ्जमा ८, दाङमा ३.५, पोखरामा ३.७, भैरहवामा ७.५ र सिमरामा ७ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको छ । ओखलढुंगामा ५, ताप्लेजुङमा २.६ र विराटनगरमा ७.६ रह्यो । 

अधिकतम तापक्रम शनिबार दिपायल र विराटनगरमा २१.२ तथा भैरहवामा १०.५ डिग्री रह्यो । काठमाडौंमा १६.३ डिग्री रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ