arrow

सिटौलाको प्रस्तावमा देउवाले रोके वैठक

दुई दिन अनौपचारिक संवादबाट सहमति जुटाउने प्रयास, वुधवार बोलाइयो वैठक

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार
deuba-poudel-sitaula.jpg

काठमाडौ‌ं। वरिष्ठ नेता रामचन्द्र पौडेल र उनको समुहले बहिष्कार गर्दै आएको नेपाली कांग्रेस केन्द्रीय समितिको वैठक सहमतिबाटै पुन सञ्चालन गर्नका लागि बुधवारसम्मको लागि स्थगित गरिएको छ। पौडेल समुहको बहिष्कारका बीच पनि बस्दै आएको केन्द्रीय समितिको वैठक सोमबार भने स्थगित नै भएको छ।

पौडेल तथा उनको समुह विहिवारदेखि नै वैठक बहिष्कार गर्दै आएको थियो भने यस बीचमा उनलाई मनाउने देउवा तथा उनले बनाएको वार्ता समिति पनि पौडेलले बनाएको वार्ता समितिसँग निरन्तर छलफलमा रहेको छ। तर कुरा मिल्न सकिरहेको थिएन। सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता पौडेल समुह एक अर्काबीच अडानमा कायम रहँदा बीचको बाटो निकाल्ने प्रयासले सार्थकता पाउन सकेको थिएन।

निरन्तर पार्टीमा विवाद वढ्दै जाँदा विहिवारबाटै काठमाडौं बाहिर रहेका नेता कृष्ण प्रसाद सिटौला काठमाडौं आउने वित्तिकै सभापति देउवासँग भेटेका थिए। उनले सभापति देउवालाई सहमतिकै आधारमा अघि बढ्न सुझाब दिदै केही दिन औपचारिक बैठक भन्दा अनौपचारिक छलफल गरी अघि बढ्न देउवालाई सुझाब दिए पछि देउवाले सहमतिका लागि बुधवारसम्मका लागि वैठक स्थगित गरेका हुन्। 

सिटौलाले असन्तुष्ट सबै साथीहरूको संलग्नता र सहभागितामा निर्णय गर्दै जाँदा मात्र पार्टीको हित हुने भएकोले वार्ता गरी सहमति खोज्नका लागि सभापतिलाई केहि दिन वैठक स्थगित गरेर अनौपचारिक संवादमा रहन सुझाव दिएपछि सभापतिले दुई दिन बैठक स्थगित गरेको केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले बताए। 

सभापति देउवाले सहमतिको खोजीका लागि भन्दै उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका थिए भने पौडेलले भने पूर्व महामन्त्री प्रकाशमानसिंह सहितका नेताहरुलाई जिम्मा दिएका छन्। जिम्मेवारी पाएका  नेताहरुले यस बीचमा पट पटक वैठक गरि सहमति जुटाउने प्रयास गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ